आज :

स्वास्थ्यकर्मी, कर्मचारी र प्रहरीसहित थपिए १३१ जना कोरोना सक्रमित

काठमाडौं । शुक्रबार विहानै  स्वास्थ्यकर्मी, कर्मचारी र प्रहरीसहित चितवन, बुटवल, बारा र पर्सामा गरी एकैदिन १३१ जना कोरोना सक्रमित थपिएको छन् । ति मध्ये चितवनमा ७४ जना, मुटु अस्पतालमा ११ जना र बारा र पर्सामा ४५ जना सक्रमित थपिएको हुन् ।

बिहान चितवनको भरतपुर कोभिड प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनका ७४ जना मध्ये भरतपुर कोभिड प्रयोगशालामा १७ जना र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हुन् । संक्रमितहरु एक वर्षदेखि ७४ वर्ष उमेरसम्मका रहेको अस्पतालले बताएको छन् ।

चितवनको संक्रमितमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ जना रहेका छन् । यस्तैगरी राप्ती नगरपालिका, खैरहनी नगरपालिका,रत्ननगर नगरपालिका र कालिका नगरपालिकाका ९,४ ३ र २ जना सक्रमित भएको छन् । हाल सम्म चितवन जिल्लमा ९०० जना सक्रमित भईसकेको छन् ।

त्यसैगरी रूपन्देही जिल्लाको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका थप ११ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएको अस्पतालले बताएको छ ।

त्यहा हाल सम्म अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका अध्यक्ष एजाज आलमले बताएको छन् ।

यसैबिचमा बारा र पर्सामा पनि ४५ जनामा कोरोना देखिएको छ । तिनीहरु मध्ये पर्साका २६ र बाराका १९ जना हुन् । नारायणी अस्पतालको प्रयोगशालाको परिक्षण्मा उनिहरु संक्रमित देखिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिएको छन् ।

तिनीहरु बाराको निजगढ नगरपालिका, इलाका प्रहरी कार्यालय निजगढ, सशस्त्र प्रहरी बल पिलुवाको ५,६, र २ जनामा पुष्टि भएको अस्पतालले जनाएको छ ।

त्यस्तैगर वीरगन्जमा महानगरपालिकाका विभिन्न वडामा १९ र कालिकामाई गाउँपालिकाका ७ जनामा समेत कोरोना देखिएको छ । त्यस्तै कामना सेवा विकास बैंकका कर्मचारीमा पनि कोरोना देखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal