आज :

नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २२ हजार नाघ्यो

  • नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २२ हजार नाघ्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किनेको संख्या २२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एकै दिन ७ सय ६८ जना कोरोनामुक्त भएर घर फर्किएको जानकारी लिएको छ ।

देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमितको पुनः परीक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई घर पठाइएको हो । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २२ हजार १७८ पुगेको छ ।

त्यसैगरी मंगलबारसम्म कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । जसमध्ये संक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ ।
मंगलबार थप ११ जनाको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ ।

मंगलबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यसैगरी बुधबार विहानै थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै २८ चितवनकै छन् ।

प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीका अनुसार नवलपरासी २, र धनुषा, रुपन्देही, सिरहा र बारामा एकएक जना गरी ७ जना रहेका छन् । चितवनका संक्रमितहरु भरतपुर महानगरपालिका वडा नं. २, ३, ७, ९, १०, ११, १२, १५, १६, १७, २० र २६ का रहेका छन् । उनीहरु २१ देखि ५८ वर्ष उमेर समूहका छन् ।

त्यसैगरी चितवनकै रत्ननगर नगरपालिका वडा नं. १० मा २७ वर्षीया एक महिला र राप्ती नगरपालिका वडा नं. ९ मा ३५ वर्षीया एक महिलामा पनि कोरोना पुष्टि भएको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित समाचार

सबै

काभ्रेपलाञ्चोक । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताएका छन् । आज काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले निर्वाचनका लागि सरकारले वातावरण बनाएको र राजनीतिक दलहरुपनि त्यसतर्फ होमिएको बताएका हुन् । निर्वाचनका विषयमा कुनै पनि किसिमको अन्योल नरहेको भन्दै सञ्चारमन्त्री खरेलले देशमा राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गरे । निर्वाचन प्रक्रियाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । सञ्चारमन्त्री खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन सरकारले मंगलबार र बुधबार नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीसँग उनीहरुकै कार्यालयमा पुगेर छलफल र अन्तरक्रिया गरिएको छ । राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसहितको बैठक पनि भएको छ । यसले निर्वाचनको वातावरण सुनिश्चित गरेको छ । दलहरु निर्वाचनका लागि तयार छन् । सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ ।’ पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले सङ्घ, प्रदेश र स्थानीत तहको समन्वय र सहकार्यलाई फराकिलो बनाएर विकास र समृद्धिको यात्रामा सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यसैबीच मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने खरेलथोक स्वारामा प्रत्येक वर्ष हुने कुलपूजा तथा विविध धार्मिक कार्यक्रमलाई सम्वोधन गरे । सो अवसरमा मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सरकारको विशेष ध्यान रहेको बताउँदै स्थानीय समुदायले खेलेको सक्रिय भूमिकाको प्रशंसा गरे । उनले यस्ता धार्मिक–सांस्कृतिक गतिविधिले सामाजिक एकता र मौलिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal