News Portal

  • शनिबार थप ६३४ जनामा संक्रमण, कोरोनाबाट नेपालमा १४६ जनाको ज्यान गयो

    डबली संवाददाता२०७७ भदौ ६ गते
    १४१ पटक

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट १४६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६३४ जनामा संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले दिएको जानकारीअनुसार देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।

    यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । अहिले देशभर ११ हजार ६ सय ५८ जना क्वारेन्टिनमा रहेका छन् भने आइसोलेसनमा १२ हजार ६२१ रहेका छन् ।
    त्यसैगरी हालसम्म १८ हजार ३५० जनाले कोरोना जितेर ‍घर फर्केका छन् ।

    प्रतिकृया दिनुहोस्