आज :

“नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड २०२०” काे आबेदन फारम खुल्ला

काठमाडौँ । कोभिड १९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाइ चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले संगीतका विभिन्न विधा तर्फ “नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड(२०२०” गरिने भएको छ ।

“नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड(२०२०” यहिं आउँदो भदौं महिना २०७७ भित्र काठमाडौँमा गरिने कुरा आयोजक कमिटिले बताएको छ । क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको यस अवार्डलाइ शुभकामना मिडिया सोलुसन प्रालिले ब्यबस्थापन गर्ने भएको छ। संचारकर्मी सुर्य चन्दको अधक्ष्यतामा हुने यस अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुमन बैरागी पण्डित रहेका छन् ।

उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक(गायिका, पर्ब बिसेष गित(तिज, दशैँ तिहार,होलि) , भजन, पपरआधुनिक गायक(गायिका, भाषा(भाषिका गित, म्युजिक भिडियो, आर्ट तथा सांस्कृतिक लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने जनाएकाे छ ।

म्युजिक अवार्ड आबेदनको लागि दर्ता फारम खुलीसकेको छ भने भदौं १५ गते सम्म फारम भरिने जानकारी गराईएको छ । जसका लागि २०७६ असोज देखि २०७७ भदौं सम्मका गित संगीतहरुलाई समाबेश गरिने भएको छ भने नब प्रतिभाको हकमा २०७६ भित्र गित निकालेको हुनु पर्नेछ

“नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड(२०२०”को लागि आबेदन फर्म भर्न चाहने इच्छुक गायक गायिकाले शुभकामना मिडिया सोलुसन प्रालिको कार्यालय कपुरधारा सामाखुसीमा सम्पर्क गरेर आबेदन फर्म भर्न सक्नेछन ।

अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal