आज :

शनिबार कोरोना संक्रमित ७० जना, ४३१ जनाले जितेर घर फर्किए, थप तीन जनाको ज्यान गयो

  • शनिबार कोरोना संक्रमित ७० जना, ४३१ जनाले जितेर घर फर्किए, थप तीन जनाको ज्यान गयो

काठमाडौं । नेपालमा कोरोना सं क्रमितको संख्या दुई अंकमा झरेको छ । पछिल्लो २४ घण्टाको विवारण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार थप ७० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालमा ३ हजार ६४८ नमुना परीक्षण गर्दा ७० जनामा कोरोना पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा २८ जिल्लामा संक्रमित भेटिएका छन् । तर कहीँ दोहोरो अंकमा छैनन् । सबैभन्दा धेरै सिन्धुपाल्चोक र दाङमा ५–५ जना संक्रमित थपिएका छन् ।

यस्तै सुनसरी, उदयपुर, स्याङजा, तनहुँ र कञ्चनपुरमा ४–४ जना, काठमाडौं, मोरङ, धादिङ, सर्लाही, बाग्लुङ र सुर्खेतमा ३–३ जना र झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा २–२, सिराहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछामका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

त्यसैगरी कोरोना संक्रमित हुनेको भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । शनिबार त्यो सर्वसाारण खुशी हुने गरी बढेको छ । प्रवक्ता गौतमका अनुसार देशका विभिन्न अस्पताल र आइसोलेसनबाट कोरोना जितेर ४३१ जना घर गएका छन् । यससँगै निको हुनेको संख्या ८ हजार ४४२ पुगेको छ ।

निको हुनेको संख्या बढेपनि शनिबार एकै दिन थप तीन जनाको कोरोना कारण ज्यान गएको पुष्टि भएको छ । काठमाडौँका दुई र सिन्धुपाल्चोकका एक गरी तीन जनाको ज्यान गएको पुष्टि भएको छ ।

काठमाडौँ शंखमुलका एक पुरुष र सिन्धुपाल्चोकका एक जनाको पाटन अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो भने काठमाडौँकै गोकर्णका एक पुरुषको केएमसी शिक्षण अस्पतालमा ज्यान गएको छ ।

काठमाडौं महानरपालिका–१० शंमखुलका ६० वर्षीय पुरुष १६ असारमा पाटन अस्पतालमा भर्ना भएका थिए । मिर्गौला रोगका विरामी उनी फोक्सोमा पानी जमेपछि अस्पताल पुगेका थिए । असार १७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा शुक्रबार उनको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पाटन अस्पतालमा नै सिन्धुपाल्चोक, पाँचपोखरी–६ का ४५ वर्षीय पुरुषको पनि निधन भएको छ । उनी क्षयरोगको उपचारका लागि १८ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा गरिएको परीक्षणमा २२ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो र २५ गते उनको निधन भएको छ ।

काठमाडौँको गोकर्णेश्वर–४ का ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मिर्गौला रोगका विरामी उनलाई श्वास प्रश्वासमा समेत समस्या भएपछि १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर आईसीयूमा बेड नभएपछि केएमसी रिफर गरिएको थियो । उनको २१ गते नै स्वाब संकलन गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सबै

काभ्रेपलाञ्चोक । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताएका छन् । आज काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले निर्वाचनका लागि सरकारले वातावरण बनाएको र राजनीतिक दलहरुपनि त्यसतर्फ होमिएको बताएका हुन् । निर्वाचनका विषयमा कुनै पनि किसिमको अन्योल नरहेको भन्दै सञ्चारमन्त्री खरेलले देशमा राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गरे । निर्वाचन प्रक्रियाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । सञ्चारमन्त्री खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन सरकारले मंगलबार र बुधबार नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीसँग उनीहरुकै कार्यालयमा पुगेर छलफल र अन्तरक्रिया गरिएको छ । राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसहितको बैठक पनि भएको छ । यसले निर्वाचनको वातावरण सुनिश्चित गरेको छ । दलहरु निर्वाचनका लागि तयार छन् । सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ ।’ पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले सङ्घ, प्रदेश र स्थानीत तहको समन्वय र सहकार्यलाई फराकिलो बनाएर विकास र समृद्धिको यात्रामा सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यसैबीच मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने खरेलथोक स्वारामा प्रत्येक वर्ष हुने कुलपूजा तथा विविध धार्मिक कार्यक्रमलाई सम्वोधन गरे । सो अवसरमा मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सरकारको विशेष ध्यान रहेको बताउँदै स्थानीय समुदायले खेलेको सक्रिय भूमिकाको प्रशंसा गरे । उनले यस्ता धार्मिक–सांस्कृतिक गतिविधिले सामाजिक एकता र मौलिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal