आज :

(नेकपा)मा जुटेन सहमति, स्थायी समिति बैठक असार २६ गतेसम्म स्थगित

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक फेरि पनि स्थगित भएको छ । नेताहरुबीच सहमति जुट्न नसकेका कारण आज बस्ने भनिएको बैठक असार २६ गतेसम्म स्थगित भएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री र अर्का अध्यक्ष प्रचण्डबीच पटकपटक भएका छलफलमा आज बैठक सुचारु गर्ने सहमति भएको थियो तर अन्तिममा आएर फेरि बैठक स्थगति गरियो । बैठकमा बोल्ने विषयबस्तुबारे कुरा नमिलेपछि स्थगित भएको नेताहरुले बताएका छन् । अर्को बैठक असार २६ गते विहान ११ बस्ने बताइएको छ ।

स्थायी समिति बैठकमा नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको आलोचना गर्दै राजिनामा मागेका थिए । प्रधानमन्त्री ओलीले त्यसको प्रतिवाद गर्दै बैठकमा अनुपस्थित हुने, गुटको अलगै बैठक गर्ने, मन्त्रीहरुलाई आफ्नो पक्षमा बोल्न भनेपछि विवाद बढ्दै गएको थियो ।

यही बीचमा प्रधानमन्त्री ओलीले एकाएक संसद अधिवेशन अन्त्य गरेपछि पार्टीभित्रको विवाद संवैधानिक जटिलता लिएको थियो । संसद छलेर अध्यादेश ल्याएर पार्टी फुटाउन लागेको भन्दै अध्यक्ष प्रचण्ड र नेता माधव कुमार नेपाल, झलनाथ खनालसहितका नेताहरुले अलगै बैठक गरेका थिए । प्रधानमन्त्री ओलीले आफूले नयाँ नक्सा जारी गरेका कारण भारतको योजनामा हटाउन लागिएको आरोप लगाएपछि तनाव बढ्दै गयो । त्यसको जवाफमा प्रचण्डले आफूले राजिनामा मागेको बताएका थिए ।

प्रधानमन्त्रीले राष्ट्रपतिविरुद्ध अध्यादेश ल्याउने तयारी गरेकोले हतारमा संसद अधिवेशन अन्त्य गर्नु परेको बताए । ओलीले पार्टीभित्र आफ्नो आलोचना र विरोधलाई विषायन्तर गर्न राष्ट्रपतिलाई अगाडि सारेको भन्दै प्रचण्डसहितका नेताहरुले आपत्ति जनाए । उनीहरुले शीतल निवास पुगेर आफू राष्ट्रपतिको विरुद्धमा नभएको जवाफ दिएका थिए । त्यति गर्दा पनि विवाद कम भएन । ओलीले आफ्नो पक्षमा कार्यकर्ताहरुलाई सडकमा उतारे । काठमाडौँसहित देशका विभिन्न स्थानमा ओलीको पक्षमा प्रदर्शन भइरहेका छन् । ओलीको बचाउको लागि गरिएको प्रदर्शनको क्रममा कैलालीको लम्कीमा झ डप समेत भएको थियो । कोणसाभामा प्रचण्डको विरोध गर्न थालिएपछि अवस्था गम्भीर भएको थियो । आज पनि धनगढीमा ओलीको पक्षमा र्याली आयोजना गर्ने कार्यक्रम छ ।

पार्टीलाई फुटबाट जोगाउन र विवाद मिलाउन दुबै पक्षका दोस्रो तहका नेताहरुले सामुहिक रुपमा पहलले पनि काम गरेको छैन । अध्यक्ष ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि विवाद झन् बढेको हो । ओलीले दोस्रो पटक सुवाशचन्द्र नेम्वाङलाई काँग्रेस नेताहरुसँग छलफल गर्न पठाएका थिए । यो छलफल ओलीले पार्टी फुटाउने र काँग्रेससँग मिलेर सरकार चलाउने विषयमा कुरा भएको अर्को पक्षका नेताहरुको आरोप छ ।

(नेकपा) भित्रको विवाद सत्ता परिवर्तनसम्म पुगेपछि चीन चाँसोका साथ हेरेको छ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले (नेकपा)का नेताहरुसँग भेटवार्ता जारी राखेकी छन् । चीनले गर्दा (नेकपा) फुटबाट बचेको चर्चा पनि चल्न थालेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal