आज :

नेपाल प्रहरीले पायो नयाँ नेतृत्व, आईजीपीमा थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ । सरकारले प्रहरी महानिरीक्षकमा (आईजीपी)मा शैलेस थापा क्षेत्री नियुक्त  गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई २८ औं महानिरीक्षकको रुपमा सरकारले नियुक्त गरेको हो ।

वर्तमान आईजीपी ठाकुर ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण अवकास पाउनुको एक दिन अगाडि सरकारले थापालाई विहीबारबाट लागु हुने गरी महानिरीक्षकको जिम्मेवारी दिएको छ । उनि बरियतामा पहिलो नम्बरमा थिए । थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि प्रहरीको नेतृत्व गर्नेछन् ।

डीआईजी हुँदा प्रहरी प्रवक्ता र महानगरीय प्रहरी कार्यालयको प्रमुख रहेका थापा एआईजीमा बढुवा भएपछि मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत छन् । आईजीपीका लागि थापासँगै अर्का एआईजी हरि पाललाई पनि दाबेदारका रुपमा हेरिएको थियो ।

भक्तपुरको कटुन्जे घर भएका थापा २०२५ साल मंसिर २३ गते जन्मिएका हुन् । प्रहरी निरीक्षक रहँदा उनले प्रहरी एकेडेमी, आइजिपी सचिवालय, सिन्धुपाल्चोक र सल्यानमा काम गरेका थिए ।

उनले नायब उपरीक्षक (डीएसपी) मा धादिङ, महानिरीक्षक सचिवालय र प्रहरी एकेडेमीमा काम गरेका थिए । प्रहरी उपरीक्षक (एसपी) का रुपमा उनले झापा र कास्कीको नेतृत्व गरेका थिए भने विषेश ब्युरो, प्रहरी एकेडेमी र आइजिपी सचिवालयमा पनि काम गरेका थिए ।

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि उनी आइजिपी सचिवालय र केन्द्रीय प्रवक्ताको भूमिकामा पनि थिए । नायब महानिरीक्षक (डीआइजी) भएपछि उनले महानगरीय प्रहरी कार्यालय मेट्रोको नेतृत्व गरे भने केन्द्रीय प्रवक्ताका रुपमा आइजिपी सचिवालयमा पनि रहे ।

एआइजीमा बढुवा भएपछि उनी मानव स्रोत तथा प्रशासन विभागमा निरन्तर छन् । उनका बुवा शम्भु थापा क्षेत्री पनि नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी) सम्म भएका थिए ।

थापा नेपाल प्रहरीको २८ औं आईजिपी हुनेछन् । थापा २०५८ मा डीएसपी, २०६७ मा एसपी, २०७४ मा एसएसपी र २०७५ सालमा डीआईजीमा बढुवा भएका थिए । सबैमा ब्याचीमध्ये पहिलो नम्बरमा थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal