आज :

पत्रकार निष्काशन गर्ने मिडिया हाउसमा महासंघको कालाे ब्यानर

काठमाडौं । श्रमजीवि पत्रकारहरुलाई कोरोना महामारी र त्यसले निम्त्याएको आर्थिक संकटको कारण देखाउँदै विभिन्न सञ्चार गृहहरुले कामबाट निकाल्ने, बेतलबि बिदामा बस्न लगाउने, पारिश्रमिक नदिने, मानसिक त’नाव बढाउने खालको अमान्य गतिविधि बढाएकोप्रति वि रोध गर्दै पत्रकारहरु आ न्दोलित भएका छन् ।

श्रमजिवि पत्रकार ऐन, न्यूनतम पारिश्रमिक कार्यान्वयन सम्बन्धी कानुन, अन्तराष्ट्रि श्रम कानुन तथा पत्रकार हक, हित तथा अधिकार सम्बन्धी तमाम कानुनी व्यवस्थाको मर्म वि रुद्ध मिडिया मालिकहरुले गरिरहेको गतिविधिको वि’रोधमा पत्रकारहरु आ न्दोलनमा उत्रिएका हुन् ।

कोरोना संकटले विश्व मानव समूदायलाई नै प्रभाव पारेको अवस्थामा मुलुकको नामि र आर्थिक रुपमा समेत सक्षम देखिने मिडिया हाउने नै श्रमजीवी कामदारलाई हटाउने हर्कत पत्रकारहरुको काम गरेर बाँच्न पाउने अधिकारका वि.रुद्ध रहेको भन्दै पत्रकारहरुले त्यस्ता मिडिया मालिकहरुलाई आ न्दोलनको माध्यमबाट तह लगाउने बताए ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रगतिशिल पत्रकार संघ, जनपत्रकार संगठन लगायतका विभिन्न संघ संगठनहरुको ऐेक्यबद्धतामा अघि बढेको आन्दोलन समस्याको हल नहुँदासम्म निरन्तर अघि बढ्ने महासंघले बताएको छ ।

गत शुक्रबार दिउँसो काठमाडौंको बबरमहलमा विरोध प्रदर्शन गर्दै मिडिया मालिकहरुलाई श्रमजीवी पत्रकारहरुलाई अपमानजनक ढंगले कामबाट निकाल्ने काम बन्द गर्न माग गर्दै त्यसप्रति राज्यलाई समेत सचेत गराइएकोमा मिडिया मालिकहरुले मागको सुनुवाई नगरेकाले आजबाट पुनः आ’न्दोलन अघि बढाइएको हो ।

मिडिया हाउसहरुसँग श्रमजीवी पत्रकारहरुको हक, हित र अधिकारको ग्यारेन्टी गर भन्दै महासंघको टिमले गरेको छलफलको पहिचो चरणको प्रयासबाट समाधानको संकेत नदेखिएको कारण आज पुनः पत्रकारहरु मिडियामा हाउसको गेटमै पुगेर कालो ब्यानर टासेर माग कार्यान्वयनको लागि चे’तावनी दिएका छन ।

श्रमजीवी पत्रकारको पक्षमा लामो समयदेखि सं’घर्षको नेतृत्व गर्दै आएका पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीको नेतृत्वमा विभिन्न पत्रकार संघ संगठनको ऐक्यवद्धतासहित नागरिक दैनिक, एपी १ टेलिभिजन लगायतका मिडियाहरुको गेटमा मागपुरा नगरेमा कडा आन्दोलनमा उत्रिने चेतावनी सहित कालो ब्यान टाँसिएको छ ।

‘श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर । पेशागत सुरक्षाको ग्यारेण्टी गर ।’ लेखिएको कालो ब्यानरमा आयोजना गरिएको उक्त विरोध कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकाे श्रमजीवी हित प्रवर्द्धन समिति सह-संयाेजकसमेत रहेका जैसीले कुनैपनि हालतमा श्रमजीवी पत्रकारहरुलाई काममा फकाउँने र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण गराउन राज्य र सम्बन्धीत पक्षलाई चे’तावनी दिए ।

उनले कोरोनाको कारण देखाउँदै पत्रकार तथा सञ्चारमाध्यममा काम गर्ने कामदारलाई मनमर्जि निकाल्ने हर्कत महासंघलाई अमान्य हुने र त्यसका विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिने बताए । उनले समयमै पत्रकारहरुका जायज मागको सम्बोधन नभएमा महासंघ मिडिया हाउसले कल्पना नगेको ढंगको आन्दोलन अघि बढाउने भन्दै उनले कडा चेतावनी दिएका थिए ।

कार्यक्रममा पत्रकार महासंघ काठमाडौका अध्यक्ष शान्तराम बिडारीले मिडिया मालिकको प्रेस कानुन विरुद्धको रबैया कुनैपनि हालतमा स्विकार्य नहुने भन्दै त्यसका वि रुद्ध संगठित र कडा आन्दोलनमा जानुपर्ने धारणा राखेका थिए ।

क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले महासंघको विरोध कार्यक्रममा आफ्नो संगठनको एक्यवद्धता जाहेर गर्दै श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाको लागि राज्यले समेत जिम्मेवार बन्नुपर्ने धारणा राखे । अध्यक्ष राउतले महासंघको आन्दोलनमा पेशागत संघ, संगठनहरुलार्य पनि जोड्दै माग पुरा गराउन व्यापक दवावमूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रममा क्रान्तिकरी पत्रकार संगठनका नेता कमल बुढाले मिडिया हाउसले सृजना गरेको श्रमजीवी पत्रकारहरुको समस्यालाई तत्काल हल गर्न स्वयम मिडिया मालिकहरु तयार हुनुपर्ने र त्यसो नभएमा आ’न्दोलनको स्वरुप बदलिने भन्दै कडा चे तावनी दिएका थिए । उनले पत्रकार महासंघको विरोध कार्यक्रममा आफ्नो संगठनको तर्फबाट एक्यवद्धता जाहेर गर्दै पत्रकारहरुलाई बिनासर्त काममा फर्कने वातावरण नबन्दासम्म चरणबद्ध आ’न्दोलनको घोषणा गरेर अघि बढ्नुपर्ने विचार समेत राखे ।

प्रेस सेन्टर नेपालका अध्यक्ष लाेकराज जैसीले मिडिया मालिकहरुले आफुलाई आवश्यक पर्दै विभिन्न सेवा, सुविधा सहितको नियुक्ति पत्र दिएर पत्रकारहरुलाई भित्र्याउने र मन नलागेमा आफैले दिएको नियुक्तिपत्रको अपमान गरेर पत्रकारहरुलाई हटाउने काम गैह्र जिम्मेवार तथा अमान्य रहेको भन्दै त्यस्ता मिडिया मालिकहरुलाई का’र्बाही गर्नुपर्ने तर्क गरे ।

त्यसैगरी महासंघको उपत्यका प्रदेश समितिका कोषाध्यक्ष टेनिस रोकाले श्रमजीवी पत्रकारको पेटमा लात हान्ने ढंगले मिडिया मालिकहरु जसरी आफ्नो नियत उजागर गर्दैछन त्यसले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा उनीहरुको वास्तविक प्रतिवद्धता देखिएको बताए ।

कार्यक्रममा कान्तिपुर दैनिक मिडियामा कार्यरत पत्रकारहरुद्धारा गठित संघर्ष समितिका सदस्य श्रीराम वागलेले समेत आफ्नो कुरा राख्दै पत्रकारहरुमाथी गरिएको अपमानजनक व्यवहार तुरुन्त सच्याउन खबदारी गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal