आज :

अन्ततः सरिता गिरी सांसद पदबाट बर्खास्त, पार्टीको साधारण सदस्यबाट निष्कासित

काठमाडौं । अन्ततः सरिता गिरीमाथि कारवाही भएको छ । जारी गरेको अध्यावधि नक्साको विरोध गर्दै आएकी गिरीलाई समाजवादी पार्टीले निष्कासन गरेसँगै सांसद पदबाट बर्खास्त भएकी छन् ।

मंगलबार समाजवादी पार्टील पार्टीका साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । मंगलबार बसेको पदाधिकारी बैठकले सिफारिसलाई अनुमोदन गरेको हो ।

नेपालले भारतको मिचेको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नक्साको विरोध गर्दै गिरीले संविधान संशोधनको विपक्षमा उभिएकी थिइन् । उनले नयाँ नक्सालाई निशान छापमा समेट्न गरिएको संविधान संशोधनको पक्षमा उभिन पार्टीको ह्वीपको समेत उलंघन गरेकी थिइन् । संविधान संशोधन विधेयकमा गिरीले दर्ता गराएको संशोधन फिर्ता लिन पार्टीले दिएको निर्देशनको समेत उलंघन गरेकी थिइन् ।

नेपालको सांसद भएर नेपालकै विरुद्धमा बोलेपछि गिरीको चौतर्फी विरोध भएको थियो । गिरीले लिम्पियाधुरा, लिपुलेक–कालापानी क्षेत्र भारतको भएको भन्दै नसोधेर नक्सा जारी गरेको भन्दै संसद बैठकमै विरोध जनाएकी थिइन् । भारतको सहमति विना नक्सा जारी गर्न नहुने भन्दै संचारमाध्यमहरुमा अन्तरवार्ता दिँदै आएकी थिइन् ।

गिरीलाई सांसद पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै सडकमा विरोध समेत भएको थियो । गिरीले नेपालको सार्वभौमिकताका विरुद्ध बोलेको भन्दै कारवाहीको माग गर्दैै प्रदर्शन समेत भएका थिए । युवाहरुको एक समूहले गिरीको घरमा कालो झण्डा समेत गाडेका थिए ।

यसैबीच आफूमाथि षड्यन्त्रपूर्ण ढंगबाट पार्टीबाट निष्कासन गरिएको भन्दै गिरीले अदालत जाने बताएकी छन् । उनले समाजवादीको निर्णय अवैधानिक भएको भन्दै अदालत जाने संचारमाध्यमलाई प्रतिक्रिया दिएकी छन् ।

पार्टीले निष्कासन गरेको आफूलाई औपचारिक रुपमा जानकारी नआएको र सामाजिक संजाल, संचारमाध्यमहरुबाट जानकारी पाएको बताउँदै भनिन्, “मलाई कारवाही गरिएको कुरा मैले औपचारिक रुपमा थाहा पाएकी छैन । सामाजिक संजाल र संचारमाध्यमहरुबाट जानकारी पाएकी छ्ु । यो कुरा सत्य हो भने मेराविरुद्ध षड्यन्त्र भयो, अदालत जान्छु ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal