आज :

स्थानीय सरकार कोरोना नियन्त्रणमा असफल भएको भन्दै जुटे रामारोशनका युवाहरु

अछाम । स्थानीय सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न असफल भएको भन्दै जिल्लाको रामारोशन गाउँपालिकाका युवाहरु एकजुट भएका छन् । उनीहरुले कोरोना नियन्त्रणमा लापर्वाहीको गर्नुको साथै स्थानीय सरकारको स्वेच्छाचारी बढेको भन्दै आफूहरु संगठित हुनु परेको बताए । गाउँपालिकाको वडा नं ३ पसेलामा विनोद लुहारको नेतृत्वमा १४ सदस्यीय टोल स्तरिय ‘पसेला युवा सरोकार अभियान समिति’ गठन भएको छ ।

निर्वाचनको बेला जनप्रतिनिधिहरुले युवायुवतीहरुलाई रोजगारी, निष्पक्ष रुपमा जनताको सेवा गर्ने, भ्रष्टाचार नगर्ने, विकास निर्माणका कामहरु गर्ने प्रतिवद्धता गरिएको तर अहिले त्यो पूरा नभएको भन्दै युवाहरु एकजुट हुन थालेका छन् ।

अभियानका अध्यक्ष लुहारले स्थानीय सरकार कोरोना नियन्त्रण गर्न असफल भएको, भ्रष्टाचारमा डुबेको, नातागोता पोस्ने काम गरेकोले संगठित हुनु परेको बताए । उनले गाउँपालिकाभरी नै अभियान विस्तार गर्ने बताए । अभियानले कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग गर्ने, स्थानीय सरकारका गलत कामको भण्डाफोर गर्ने बताए ।

आफूहरु कुनै पनि पार्टीमा आवद्ध नभएको बताउँदै अध्यक्ष लुहारले कोरोनाले एक जनाको ज्यान गएको र अन्य करिब सय जना संक्रमित भइसक्दा पनि स्थानीय सरकार असारे योजनाको नाममा उपयोग विहिन क्षेत्रमा आसेपासे कार्यकर्तालाई गोप्य रुपमा रकम निकासी गर्नमै व्यस्त रहेको आरोप लगाए । स्थानीय सरकारको लापर्वाहीका कारण रामारोशनमा कोरोना डरलाग्दा रुपमा फैलिन सम्भावना बढ्दै गएको युवाहरुले बताएका छन् ।

युवाहरुलाई भोट बैंकको रुपमा उपयोग गरिएको भन्दै सरकारका गलत कामको विरोमा उत्रिन गाउँपालिकाभरीको युवाहरुलाई अध्यक्ष लुहारले आह्वान समेत गरे । “चुनावको बेला हामीलाई धेरै आश्वासन दिइयो । अहिले त्यसको उल्टो काम भइरहेको छ । कोरोना महामारी पनि सरकारले गम्भीर भएको छैन । जनप्रतिनिधिलाई झकझाउन पनि युवाहरु एकजुट हुनु पर्ने बेला आएको छ” अध्यक्ष लुहारले अनलाइन डबलीसँग भने । कोरोनाबारे जनचेतनासँगै पीडित परिवारलाई राहत वितरणसम्मका काम अभियानले गर्ने उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal