आज :

(नेकपा)को झगडा कैलाली पुग्यो, प्रचण्डविरुद्ध सभा गरेपछि पूर्वजनमुक्ति सेना प्रतिवादमा उत्रिए

कैलाली । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को घर झगडा जिल्लाजिल्लामा पुगेको छ । जारी स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेपछि विवाद चुलिमा पुगेको छ । काठमाडौँमा नेताहरु बैठकमा बस्न सकिरहेका छैनन् । काठमाडौँसहित विभिन्न जिल्लाहरुमा ओली समर्थित कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।

ओलीको राजिनामा मागविरुद्ध उत्रिएका कार्यकर्ताहरुले अर्का अध्यक्ष प्रचण्ड र नेता माधव कुमार नेपाललाई गालीगलौज गर्दै विरोधका कार्यक्रम भइरहेका छन् । यसैक्रममा कैलालीमा भएको कार्यक्रममा झडप भएको छ । कैलालीको लम्कीमा ओली समर्थित कार्यकर्ताहरुले आयोजना गरेको कार्यक्रममा प्रचण्डको विरोध गरेपछि विवाद सुरु भएको थियो । बक्ताले प्रचण्डको विरोध गरेपछि प्रचण्ड समर्थित अर्थात पूर्वमाओवादी कार्यकर्ताहरुले प्रतिवाद गरेका थिए ।

सोमबार लम्कीमा ओली समर्थित कार्यकर्ताहरुले प्रचण्डविरुद्ध भाषण गरेपछि सभास्थलमै हात हालाहाल भएको थियो । ओली समर्थित कार्यकर्ताहरुलाई प्रहरीले बचाएको थियो ।

नेपालको नयाँ नक्सामा ओलीको फोटो राखेको ब्यानरसहित सचेत नागरिक समाज लम्की, कैलाली नामक संस्थाको नामबाट ओलीको पक्षमा र्याली निकाएिको थियो । ओली समर्थित कार्यकर्ताहरुले ‘देशको मुहार फेर्नु छ साथी, पार्टी भन्दा राष्ट्रमाथि, राष्ट्रिय स्वाभिमान कायम गर, बैदेशिक हस्तक्षेप बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । कोणसभालाई सम्बोधनको क्रममा ओली समर्थित स्थानीय नेता नरबहादुर खड्काले प्रचण्डले बकमफुसे, प्रचण्ड कस्ता हुन् र के गरे ? आफ्नो सरकारलाई ढलाउन लागेको भन्न थालेपछि प्रचण्ड समर्थित कार्यकर्ताहरु माइक थुत्न गएका थिए । उनीहरुले प्रचण्डविरुद्ध सभा गरिएको भन्दै पूर्वजनमुक्ति सेनाको पृष्ठभूमि भएका कार्यकर्ताहरु बक्तालाई कुट्न गएका थिए तर प्रहरीले रोकेको थियो ।

प्रहरीको स्थितिलाई तुरुन्तै नियन्त्रणमा लिएका कारण अप्रिय घटना भने भएन । प्रहरीले रोक्दा पनि दुबै पक्षबीच धकेलाधकेल भएको थियो । सोही क्रममा दुबै पक्षका कार्यकर्ताहरुलाई सामान्य चोटपटक लागेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal