आज :

संक्रमित भन्दा कोरोना निको हुनेको संख्या बढी, सोमबार १८० जना संक्रमित हुँदा २६२ जना घर फर्के

काठमाडौं । नेपाल कोरोनामुक्त हुनेको संख्या पनि बढिरहेको छ । सोमबार कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन जारी भएको १०५ दिन पुगेको छ । पछिल्ला दिनहरुमा संक्रमितहरुको संख्या तीब्र गतिमा बढिरहेको छ । तर, सोमबार भने संक्रमित भन्दा निको हुनेको संख्या बढी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६२ जनाले कोरोनासँग जितेका छन् । देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट उनीहरुलाई डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । सोमबारसम्म आउँदा नेपालमा कोरोना जित्नेको संख्या ६ हजार ८ सय ११ पुगेको छ ।

त्यसैगरी देशभर सोमबार थप १८० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सबैभन्दा धेरै काठमाडौँमा संक्रमित भेटिएका छन् । काठमाडौँमा थप २४ जना, ललितपुरका २०, भक्तपुरमा १० सहित उपत्यकामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो दिनहरुमो उपत्यकामा कोरोना तीब्र रुपमा फैलिरहेको छ ।

त्यसैगरी लमजुङका ११, सप्तरी, कैलाली, र कास्कीका ८÷८ जना, गोरखाका ७, बाग्लुङ, सर्लाही र रौतहटका ६÷६ जना, सिन्धुपाल्चोक, नवलपरासी, मकवानपुर, डडेलधुरा र झापाका ५–५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता गौतमका अनुसार प्युठान र काभ्रेका ४–४ जना, ओखलढुंगा, खोटाङ, चितवन र पाल्पाका ३–३ जना, सिराहा, सुनसरी, दोलखा, सिन्धुली र दाङका २–२ जना तथा नुवाकोट, चितवन, बारा, जाजरकोट, जुम्ला, धादिङ, नवलपुर, संखुवासभा, ताप्लेजुङ, अर्घाखाँची र उदयपुरका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी सोमबार थप एक जनाको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ । नेपाल मा कोरोना कारण ३५ जनाको ज्यान गएको छ । सोमबार बागलुङका एकजनाको ज्यान गएको पुष्टि भएसँगै यो संख्या पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्लुङको मुसिखोला ३ का २९ वर्षीय ती पुरुषको असार २१ गते ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा ज्यान गएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

  • फाइल फोट

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal