आज :

उपत्यकामा ५४ सहित १८० जनामा कोरोना संक्रमण, ज्यान गुमाउनको संख्या ३५ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना कारण ३५ जनाको ज्यान गएको छ । सोमबार बागलुङका एकजनाको ज्यान गएको पुष्टि भएसँगै यो संख्या पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्लुङको मुसिखोला ३ का २९ वर्षीय ती पुरुषको असार २१ गते ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा ज्यान गएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

त्यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । काठमाडौँ उपत्यकामा ५४ सहित देशभर थप १८० जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो एक हप्ता दैनिक दोब्बरको संख्यमा संक्रमित बढिरहेका छन् ।

नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.गौतमले भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका २० गरी उपत्यकाका ५४ सहित थप १८० जनामा संक्रमित भेटिएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १५ हजार ९६४ पुगेको छ।

त्यसैगरी बितेको २४ घण्टामा थप २६४ जनाले कोरोनासँग जितेका छन् । योसँगै कोरोनाभाइरसमुक्त हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ । २५ प्रयोगशालाबाट बितेको २४ घण्टामा ४७२१ वटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी नेपाल एयरलाइन्सका तीन पाइलटसहित १४ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । विदेश उडान भर्दै आएको नेपाल एयरलाइन्सका कोरोना संक्रमित कर्मचारीलाई सोल्टी होटेलभित्रै आइसोलेसनमा राखिने भएको छ ।

कोरोना संक्रमितमध्ये ७ जनामा क्रस भेरिफिकेसन समेत भई पुष्टि भइसकेको छ । अन्य ७ जनाको पहिलो पिसीआर टेस्ट पोजेटिभ आएपछि भेरिफिकेसनका लागि पठाइएको छ । नेपालीको उद्धार उडान प्रारम्भ भएपछि नेपाल एयरलाइन्सले सोल्टीलाई क्वारेन्टिन होटेलका रुपमा प्रयोग गरेको थियो ।

कोरोना पोजेटिभ तीन पाइलटसहित ७ जना कर्मचारीलाई आइसोलेसन रुममा सारिएको छ । अन्य सात जना क्वारेन्टिन रुममै छन् । दोस्रो परीक्षणमा समेत उनीहरुमा पोजेटिभ देखिएमा उनीहरुलाई समेत अन्य कर्मचारीसाग सम्पर्कमा नआउने गरी छुट्टै कोठामा राखिनेछ ।

सोल्टीमा नेपाल एयरलाइन्सका मात्र कर्मचारी राखिएका कारण एक प्रकारको ‘सिल’ जस्तै अवस्थामा थियो । उडानबाट फर्किएपछि कर्मचारीलाई सिधै होटेलमा राखिने गरेको थियो । घर जानु अगडि कोरोना परीक्षण गरेर मात्र जानु पर्ने प्रावधान बनाइएको थियो । सोहीक्रममा कर्मचारीमा पिसिआर पोजेटिभ आएको हो ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal