आज :

स्थायी समिति बैठक रोकेर केपी-प्रचण्ड गुटको बैठकमा व्यस्त

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । आज विहान ११ बजे बस्ने भनिएपनि फेरि असार २४ गतेसम्मलाई स्थगित गरिएको छ ।

बैठक असार २४ गते विहान ११ बजे बस्ने नेताहरुले बताएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समय मागेपछि स्थगित बैठक आज पनि बस्न नसकेन । दुबै अध्यक्ष ओली र प्रचण्डबीच विभिन्न चरणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा छलफल तथा वार्ता पनि सहमति हुन नसक्दा आजको बैठक पनि स्थगित भएको हो । आज पनि ओली र प्रचण्डबीच एनटूवान वार्ता भएपनि सहमित नजुटेको बताइएको छ । केपी र प्रचण्ड गुटको बैठकमा निकै व्यस्त रहेको समते बताइएको छ ।

स्थायी समिति बैठकमा ३१ जनाले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनामा मागेपछि ओलीले पार्टी फुटको तयारी गरेको बताइएको थियो । ओलीले आफू निकटका नेता र मन्त्रीहरुसँग छलफल गर्दै आइरहेका छन् । ओलीको कार्यशैली र सरकारका काम कारवाहीलाई लिएर बैठकमा नेताहरुले चर्को आलोचना गरेका थिए ।

ओलीले आफ्नो टीमसँग आज पनि बालुवाटारमा छलफल गरेका छन् । त्यसैरी अर्का अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपाल, झलनाथ खनालले पनि आफू निकठका नेताहरुसँग सोमबार विहानैबाटै छलफलमा जुटेको बताइएको छ ।

यसैबीच चिनियाँ राष्ट्रपतिले नफुट्न भन्दै पार्टी एकताको लागि सुझाव दिँदै आएको छ । आइतबार साँझसम्म नेपालस्थित चिनियाँ राजदूतले नेता नेपाललाई भेटेर सी चिनफिङको सन्देश सुनाएकी छन् । दुबै समूहले दोस्रो तहका नेताहरुले फुट्न नदिने भन्दै औपचारिक आनौचारिक वार्ता गरिरहेका छन् ।

बैठकमा नेताहरुले आलोचना गरिपछि ओली बैठकस्थल आउनै छोडे । अध्यादेश ल्याएपछि विवाद उत्कर्षमा पुगेको छ । ओलीले पार्टी फुटाउने तयारी गरेको भन्दै प्रचण्ड–नेपाल खेमाका नेताहरुले त्यसलाई रोक्ने प्रयास गरिरहेका छन् ।

ओलीले आफ्नो आलोचनालाई विषयान्तर गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्ध महाअभियोग लगाउने तयारी गरेको भन्ने आरोप लगाएको प्रचण्ड–नेपालले बताएका छन् । सोमबार विहान प्रचण्ड, नेपाल, खनालले राष्ट्रपतिलाई भेटेर त्यसको खण्डन गरका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal