आज :

(नेकपा)का नेतालाई चिनियाँ राष्ट्रपति सीको सन्देशः नफुट्नुस्, कम्युनिस्टहरु जुट्ने बेला हो

काठमाडौँ । फुटको डिलमा पुगेको सत्तारुढ द«ल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले नफुट्न भन्दै सन्देश पठाएका छन् । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले नेताहरुलाई भेटघाटलाई तीब्रता दिएकी छन् ।

राजदूत यान्छी राष्ट्रपति सीको सन्देश बोकेर आइतबार दिउँसो प्रधानमन्त्री ेकेपी शर्मा र प्रचण्डलाई भेटिन् । साँझ (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा पुगिन् । नेता नेपालको कोटेश्वरस्थित निवासमा करिब १ घण्टाको भेटवार्ता भएको थियो ।

तीनै नेतासँगको भेटमा यान्छीले राष्ट्रपति सीले यतिबेला कम्युनिस्टहरु एक हुने बेला भएको भन्दै नफुट्न भनेको सन्देश सुनाएको स्रोतले बताएको छ । अझ बृहत कम्युनिस्ट एकीकरणको अभियान थाल्न पनि सीले सुझाव दिएका छन् । त्यस्तै, कमजोरी स्वीकार गर्न र एक अर्कालाई विश्वास गर्नुपर्ने समेत सीले सुझाव दिएको नेता नेतालाई उदृत गर्दै एक नेताले बताए ।

“यो फुट्ने होइन कम्युनिस्ट जुट्ने बेला हो । कोरोना भाइसरसँगको ल डाइँ सकिएको छैन, अमेरिकाले कम्युनिस्टलाई संसारबाटै सिध्याउने अभियान थाले जारी छ । कोरोनासँगै अमेरिकाविरुद्ध संसारका कम्युनिस्ट एक भएर लड्नुपर्छ” चिनियाँ राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।
राजदूत यान्छीको भेटलाई प्रधानमन्त्री ओली र प्रचण्डले गोप्य नै राखेको बेला नेता नेपालले भने भेटलाई सार्वजनिक गरेका थिए । (नेकपा)का विदेश विभागका उपप्रमुख विष्णु रिजालले नेता नेपाल र राजदूत यान्छीबीच भेटवार्ता भएको पुष्टि गरेका छन् ।

भेटमा राजदूत यान्छीले स्थायी समितिमा भएको विवादबारे चाँसो राखेका थिइन् । त्यसैगरी भारतीय संचारमाध्यमहरुले चीन र नेपाललाई जोडेर गरिएको प्रचारबारे पनि कुरा भएको बताइएको छ ।

भेटमा यान्छीले प्रधानमन्त्री ओलीलाई संकेत गर्दै कमजोरी स्वीकार गर्दै जारी बैठकबाटै एकताको सन्देश दिन सुझाव समेत दिएकी छन् । आज (नेकपा)को स्थायी समिति बैठक सुरु हुँदैछ । त्यो भन्दा पहिले राजदूत यान्छीको भेटलाई महत्वको साथ हेरिएको छ ।

यसअघि पनि (नेकपा)को विवाद उत्कर्षमा पुगेको बेला चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई फोन गरेका थिए । त्यसपछि राजदूत यान्छीको अगुवाईमा (नेकपा)को विवाद मिलाएको नेपाली राजनीतिमा चर्चा चलेको थियो । यति फुटको लागि दुबै पक्षले तयारी गरिरहेको अवस्थामा यान्छीले फेरि भेट वार्ता गरेकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal