आज :

बेलायती सेनामा गोर्खा भर्ती रोकियो

काठमाडौँ । बेलायती सेनामा गोर्खा भर्ती रोकिएको छ । बेलायतले आफ्नो सेनमा धरान र पोखराबाट नेपाली युवालाई गर्दै आएको भर्ति रोकिएको छ । लामो समयदेखि गोर्खाको नाममा नेपाली युवालाई गुलाम बनाएको भन्दै भर्ति बन्द गरिनुपर्ने माग उठ्दै आएको छ । तर, अहिलेको भर्ति कोरोनाका कारण रोकिएको हो ।

बेलायत सरकारले छानछानी नेपाली युवालाई आफ्नो सेनामा भर्ति गरेर ल डाइँ वा निकै जोखिममा खटाउँदै आएको छ । बेलायत सरकारले प्रदेश नम्बर १ को धरान उपमहानगरपालिका र गण्डकी प्रदेशको पोखरा महानगरापालिकाबाट गोर्खा भर्ती लिने गरेको थियो ।

बेलायत सेनाका बिग्रेड अफ गोर्खाका प्रमुख कर्नेल रिचर्ड गुडम्यानले शनिबार विज्ञप्ति प्रकाशित गरेर गोर्खा भर्ति रोकिएको जानकारी दिएका छन् । उनले कोरोनका कारण पत्येक वर्षमा गरिने भर्ति रोकिएको गुडम्यानले बताए । उनले कोरोनाका कारण रोक्नु परेको बताएपनि फेरि भर्ति कहिलेबाट सुरु हुन्छ भन्ने कुनै टुंगो नभएकोले लामो समयदेखिको गोर्खा भर्ति सधैको लागि बन्द हुन आशंका बढेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal