आज :

उत्तर कोरियाले भन्यो-अब अमेरिकासँग वार्ता आवश्यकता छैन, सामना गर्न तयार छौं

काठमाडौँ । उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्नु आफूलाई आवश्यता नभएको बताएको छ । अमेरिकाले पुनः वार्ता गर्न चाहेको धारणा सार्वजनिक भएपछि उत्तरले अमेरिकासँग वार्ता नगर्ने बरु ख तराको सामना गर्ने बताएको छ ।

दक्षिण कोरियाले उत्तर कोरियाको सर्वोच्च नेता किमजोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पुनः वार्ता गर्नुपर्ने पहल गरेको छ । त्यसैगरी अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पले र उत्तर कोरियाली नेता किमजोङलाई अक्टोबरमा अर्को वार्ताका लागि आग्रह गर्ने बताएको थिए । त्यसैगरी बोल्टनले किमलाई भेटेका कारण आफु पुनः निर्वाचित हुने सम्भावना रहन्छ भने ट्रम्पले यसलाई स्वीकार्ने बताएका थिए ।

त्यसको जवाफस्वारुप उत्तर कोरिया उप विदेशमन्त्री चोए सोन हुईले विज्ञप्ति जारी गरेर अमेरिकासँग पुनः वार्तामा बस्नुको आवश्यकता नभएको बताएका छन् । कोरियाली समाचार संस्था केसीएनएनका अनुसार विज्ञप्तिमा हुईले प्योङयाङले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न कुनै आवश्यकता महशुस नगरेको बताएका छन् । उनले अमेरिकाले आफ्नो राजनीतिक संकट समाल्न औजारको रुपाम उत्तर कोरियासँग वार्ताको उनले सपना देख्नेले अक्टोबरको आश्चर्यको लागि आशावादी बनेको समेत बताएका छन् ।

“अमेरिकाले हामीसँग अझै वार्ताजस्ता बिषयबाट सहजै आफ्नो पक्षका लागि उपलब्धीमुलक हुन्छ भन्ने कुराको आशा गर्छ भने यो उसको भूल हुनेछ” विज्ञप्तिमा उल्लेख गरिएको छ । अमेरिकाले उत्तर कोरियासँगको वार्तालाई आफ्नो राजनीतिक सङ्क ट समाल्ने औजारको रुपमा प्रयोग गर्न खोजेको हुईले बताए ।

अमेरिकासँग उत्तर कोरियाले वार्ता भन्दापनि यु द्धको नीति लिएको बताईएको छ । उप विदेशमन्त्री हुईको उत्तर कोरियाले बिस्तृत रणनीतिक समय तालीका तयार गरी अमेरिकासँगको दीर्घकालीन खतराको सामना गर्न तयार भइसकेको बताउनुले यसको पुष्टि गर्छ ।

दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनले गत मङ्गलबार किम र ट्रम्पबीच अर्को वार्ताको लागि आग्रह गरेका थिए । उनले दक्षिण कोरियाले किम र ट्रम्पबीचको वार्तालाई मध्यस्थता गर्न सक्दो सहयोग गर्ने बताएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले समाचारमा उल्लेख गरेका थिए ।

त्यसैगरी अमेरिकी उप विदेशमन्त्री स्टेफेन वेइगनले आगामी हप्ता उत्तर कोरियाली अधिकारीसँग कुराकानी गर्न सोल आउने तयारी गरेको समाचाहरुमा बताइएको थियो । तर, उत्तर कोरियाको जवाफ पछि उनको सोल भ्रमण अन्यौलमा परेको छ । भियतनामको हनोईमा सन् २०१९ मा सम्पन्न वार्तामा प्रतिबन्ध खुकुलो बनाउन ट्रम्प तयार नभएपछि उत्तर कोरियाले वार्तालाई भन्दा आ णविक विकासलाई महत्व दिँदै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal