आज :

शनिबार थप दुई जनाको कोरोनाबाट ज्यान गएको पुष्टि, २३२ संक्रमित

काठमाडौं । नेपालमा थप दुई जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार गोरखा र रुपन्देहीका एक पुरुषको ज्यान गएको छ ।

मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतम दिएको जानकारीअनुसार गोरखाको पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा असार १९ अस्पताल भर्ना गरिएका उनको आज विहान ५ बजेतिर ज्यान गएको थियो । उनी मधुमेह रोगबाट पीडित रहेका थिए । उनी कतारबाट फर्केका थिए ।

त्यसैगरी रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुषको काठमाडाँैको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ । उनलाई असार १४ गते शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको असार १७ गते ज्यान गएको प्रवक्ता गौतमले जानकारी दिए । उनमा कोरोना संक्रमण भएको पुष्टि असार १८ गते भएपनि आजमात्रै सार्वजनिक गरिएको छ । योसँगै नेपालमा कोरोनाबाट ३४ जनाको ज्यान गएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रबक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४१५ पुगेको छ ।

त्यसैगरी संक्रमितको संख्या थपिँदै जाँदा निको भएर घर जानेको संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप २७२ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ६ हजार ४१५ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal