आज :

कोरोनाका कारण गोरखामा पहिलो पटक एकजनाको ज्यान गयो

गोरखा । जिल्लामा एकजनाको कोरोना भाइरसका संक्रमणको कारण ज्यान गएको छ । गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत ४४ वर्षीय पुरुषको शनिबार विहान ज्यान गएको हो ।

अस्पतालका सुचना अधिकारी कृष्ण ढकालका अनुसार पालुङटार नगरपालिका–७ का ती पुरुषलाई शुक्रबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार राति नै उनलाई गोरखा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । राति १० बजेबाट उपचार सुरु गरिएको तर बचाउन नसकेको अस्पतालले बताएको छ ।

कतारबाट उनी असार १७ गते मात्रै फर्र्किएका थिए । पालुङटारको जिवन ज्योति क्वारेन्टाइनमा बसेका ति पुरुषको असार १८ गते स्वाब नमुना संकलन गरि परीक्षणको लागि पठाइएको थियो । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ३३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।

यसैबीच शनिबार विहानै गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ६ जिल्लामा १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

शनिबार कोरोना संक्रमण पुष्टि हुनेमा ७ जना नवलपरासीका छन् । देवचुली नगरपालिकाका २० देखि ३९ वर्ष उमेर समूहका ५ जना पुरुष तथा ३० र २५ वर्षका २ जना महिलामा कोरोना पोजेटिभ देखिएको छ ।

त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरका २७ र ३३ वर्षीय २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । म्याग्दीमा ३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग प्रयोगशालामा गरिएको परीक्षण अनुसार रघुगंगा २ र मंगला गाउँपालिकाका एक जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङका २ जनामा कोरोना पुष्टि भएको छ । बरेङ र ढोरपाटन नगरपालिकाका ४२ र २२ वर्षीय पुरुष, स्याङ्जाको पुतलीबजारका ३८ वर्षीय र तनहुँ भिमादका ३६ वर्षीयमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal