आज :

शुक्रबार थप ८ सय २३ जनाले कोरोनासँग जित, संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८ सय २३ जनाले कोरोनासँग जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभन्न अस्पताल र आइसोलेसन सेन्टरबाट उनीहरुले कोरोनामुक्त भएर घर फर्केका हुन् ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदै गर्दा निको हुनेको संख्या पनि बढिरहेको छ । अहिलेसम्म कोरोना जितेर घर फर्किनेहरुको संख्या ६ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना निको भएर घर फर्किनेको संख्या ६ हजार १४३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रवक्ता डा. गौतमका अनुसार शुक्रबार थप ७ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ४८३ नमुना परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएको हुन् । योसँगै देशभर संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

आज सबैभन्दा धेरै अछाममा कोरोना संक्रमित भेटिएका छन् । प्रवक्ता डा. गौतमले नियमित प्रेस ब्रिफिङमा अछामका २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ५८ जना, बाजुराका ५३, डोटीका ४७, कञ्चनपुरका ४५, बैतडीका ४०, रौतहटका २९, डडेलधुरा र झापाका २८–२८ जना, सिराहाका २४, नवलपुरका १९, धनुषाका १६, बझाङका १४, दैलेखका १२ र बर्दियाका १० जामा संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपरासी, दाङ र तनहुँका ९–९ जनन, सप्तरी, कपिलवस्तु, सल्यान ८–८ जना सुर्खेत र महोत्तरीका ६–६ जना, उदयपुर र मोरङका ५–५ जना, पर्वतका ३ तथा कास्की र पर्साका २–२ जना, चितवन, सर्लाही, सिन्धुपाल्चोक, पाल्पा, कालीकोट, रोल्पा र बाग्लुङका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal