आज :

ओली-प्रचण्डको बार्ता निष्कर्षविहीन, प्रभाकर-पौडेल आशावादी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको वार्ता निष्कर्षविहीन भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको वार्ता निष्कर्षविहीन भएको हो ।

शुक्रबार दिउँसो १२ बजेबाट सुरु भएको वार्ता २ बजेसम्म चलेको थियो । पार्टी एकताका साक्षीका रुपमा रहेका महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि आजको बैठकमा बोलाइएको थियो । पार्टी एकताको भएको पहिलो सहमतिमा हस्ताक्षरकर्ता पौडेल र शर्माको सहभागितालाई महत्वपूर्ण रुपमा हेरिएको थियो । आजको छलफल महत्वपूर्ण हुने र दुबै अध्यक्षबीच पार्टीलाई फुटबाट बचाउन सहमति हुने भन्ने अनुमान गरिएको थियो तर भएन ।

दुबै अध्यक्षबीचको छलफल राम्रो भएको बैठकपछि पौडेलले आफू निकटका केही संचारकर्मीलाई बताएका छन् । पार्टीलाई फुटबाट जोगाउन भन्दै शनिबार विहान ११ बजेसम्मको लागि बैठक स्थगित गरेर नेताहरु छलफलमा जुटेका छन् ।

विहान मात्रै दोस्रो पुस्ताका नेताहरु मन्त्री क्वाटरमै छलफल गरेका थिए । उनीहरुले पार्टीलाई फुटबाट जोगाउने निष्कर्ष निकालेका थिए । स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा मागेपछि तनाव उत्पन्न भएको थियो । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबैबाट राजिनामा मागेपछि ओलीले अध्यादेशको धम्की दिँदै संसद बैठक अन्त्य गरेपछि जारी बैठक स्थगित गरेर नेताहरु छलफल जुटेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal