आज :

कोरोका कारण ४९ दिने शिशुको ज्यान गयो

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा एक शिशुको ज्यान गएको छ । नेपालमा पहिलो पटक दुई डेढ महिने शिशुको ज्यान गएको हो । म्याग्दी घर भएका शिशुमा त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका शिशुमा कोरोना संक्रमण भएको छ । शिशुमा कोरोना आशंकामा गरिएको परीक्षण गर्दा मंगलबार रिपोर्ट पोजेटिभ आएको थियो ।

त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासका अनुसार शिशुको बुधाबर साँझ ज्यान गएको थियो । उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना संकलन गरी पठाइएको छ ।

शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए तर शिशुलाई बचाउन नसकेको अस्पतालले जनाएको छ। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । सवास्थउ मन्त्रालयले भने औपचारिक रुपमा पुष्टि गरेको छन ।

यसैबीच विहीबार विहानै गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लामा संक्रमण थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालय निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार बिहीबार कोरोना संक्रमण पुष्टि हुने जिल्लामा बागलुङ, स्याङ्जा, तनहुँ र पर्वत छन् । बाग्लुङको बागलुङ नगरपालिकाका २५ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी स्याङ्जाको कालिगण्डकी गाउँपालिका र वालिङ नगरपालिकामा २० र १३ वर्षका पुरुपमा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको ऋषिङ गाउँपालिका २६, २६ र २७ वर्षका २ जना, पर्वतको फलेबास नगरपालिका र कुश्मा नगरपालिकामा २१ र २७ वर्षका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार १४ पुगेको छ ।

यसैबीच अमेरिकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा थप ५२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा २४ घण्टामा थप ५२ हजार ९८२ कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।

यससँगै अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या २६ लाख ८२ हजार २७० पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक लाख २८ हजार २८ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal