आज :

कर्णालीसहित ५४ जिल्लामा पुग्यो सलहः बालीनाली सत्यानास तर सरकार भन्छ-क्षति पुर्याउँदैन

काठमाडौं । भारतबाट नेपाल प्रवेश गरेको सलह कीरले किसानको नालीबाली खाँदै लम्किरहेको छ । नेपाल प्रवेश गरेको सलह कीरा चार दिनमै ५४ जिल्लामा पुग्यो । अर्घाखाँची, प्यूठान, दाङ–सल्यान हुँदै राप्तीमा फैलिरहेको छ ।

पहिलो पटक शनिबार निजगढी हुँदै ८० देखि ९० लाखको संख्यामा सलह नेपाल प्रवेश गरेको विज्ञहरुले बताएका छन् । उक्त समूह विभिन्न समूहमा विभाजित हुँदै जिल्लाजिल्लामा फैलिरहेको छ ।

बुधबार सुर्खेतमा पनि देखिएको सलह अब कर्णाली प्रदेशमा पनि पुगेको छ । त्यसैगरी राजधानी काठमाडौँमा पनि सलह पुगेको छ । काठमाडौँमा सानो समूह प्रवेश गरेको बताइएको छ । काठमाडौँको नागार्जुन र ललितपुरका केही स्थानमा सलह देखिएको छ ।

सलह गाउँगाउँ पसेसँगै किसान चिन्तित भएका छन् । थाल बजाएर धपाउन खोजिएको छ तर सबै ठाउँमा धेरै संख्या भएकोले त्यो सम्भव छैन । एक ठाउँबाट धपाए अर्को ठाउँमा बसिहाल्छ । धपाउँदै अगाडि जाँदा पछाडि फेरि उस्तै गरी भरिएका दृश्यहरु सामाजिक संजालमा पोष्ट भइरहेका छन् ।

सलह नियन्त्रण तथा भगाउनेबारे सरकारले कुनै तयारी गरेको छैन । सरकारले सतर्क रहन मात्रै भनिरहेको छ । सलह नियन्त्रणको एउटै विकल्प विषादी हो तर सतर्क रहन भन्दै सलहको बगाललाई हेरिरहेको छ ।

सलह कीरा अध्ययनको लागि सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत प्राविधिक कार्यदल गठन गरेको छ । तर, त्यसले कुनै काम गर्न सकेको छैन । बरु सलह नेपालमा नआउने भन्ने प्रतिवेदन दिएर पूर्वतयारी कमजोर बनाएको छ । कार्यदलका सदस्य तथा कीट विज्ञ समुन्द्रलाल जोशीले नेपालमा भित्रिएको सलह विभाजन हुँदै गएकाले ठूलो क्षति निम्त्याउने खतरा नदेखिएको बताइरहेका छन् ।

सलहले किसानको नालीबाली सत्यानाश बनाइसक्यो तर जोशी भने क्षति नपुर्याउने भनिरहेका छन् । उनी सलह फुल पार्न मरुभूमि नै फर्किने दाबी गर्छन । उनले थप सलह नेपालमा आउन लागेको समेत बताए ।

जोशीले सलहले क्षति नपुर्याउने बताइरहँदा हेटौँडामा झण्डै १०० हेक्टरमा नै क्षति पु¥याएको विवरण आइरहेको छ । त्यसैगरी अर्घाखाँची, प्यूठान, सल्यान, दाङलगायतका जिल्लामा मकै बालीमा क्षति पुर्याएका विवारण सार्वजनिक भइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal