आज :

(नेकपा)को स्थायी समिति बैठक एकाएक स्थगित, सबैको एकै स्वर- ओलीको राजिनामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति जारी बैठक एकाएक स्थगित भएको छ । बुधबार पाँचौ दिन बैठकमा ५ जना स्थायी समिति सदस्यले आफ्नो धारणा राखेर बैठक स्थगित गरिएको हो ।

बुधबारको बैठकमा लीलामणि पोखरेल, मात्रिका यादव, योगेश भट्टराई, पेशल खतिवडा र नन्दकुमार प्रसाईंले आ–आफ्नो धारणा राखेका थिए । उनीहरु सबैले प्रधानमन्त्री ओलीको कार्यशैलीको चर्को आलोचना गर्दै राजिनामा मागेका थिए । मन्त्री समेत रहेका योगेश भट्टराईले समेत प्रधानमन्त्रीको कार्यशैली र अभिव्यक्तिको आलोचना गरेका थिए । एक नेताका अनुसार सरकार संचालन, कार्यशैली र अभिव्यक्ति सच्चाउनु पर्ने मन्त्री भट्टराईले धारणा राखेका थिए ।

त्यसैगरी निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी प्रधानमन्त्री ओलीकै योजना र निर्देशनमा दर्ता गरिएको भन्दै बोल्ने अधिकांश नेताहरुले आलोचना गरेको एक नेताले बताए ।

बैठकमा पर्यटनमन्त्री भट्टराई बाहेक सबैले चारै नेताले प्रधानमन्त्रीको राजिनामा दिनु पर्ने धारणा राखेका थिए । बैठकमा भट्टराईले ओली नसच्चिए पार्टी चल्न नसक्ने धारणा राखेका थिए ।

त्यसैगरी नेता पोख्रेल र यादवले पहिलो सर्त ओलीको राजिनामा भएको बताए । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा हिजोबाटै जारी छलफल अगाडि बढेको बताए । उनले प्रधानमन्त्रीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका विषयमा केन्द्रीत रहेर छलफल चलेको जानकारी दिए ।

जारी बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रधानमन्त्रीको राजिनामा मागिरहेका छन् । बैठक जारी रहेकै बेला प्रधानमन्त्री ओलीले भारतले आफूलाई ढाल्न खोजेको त्यसमा पार्टीकै नेताहरु सहभागी भएको भनेर दिएको अभिव्यक्तिको चर्को विरोध भएको छ । आजै विहान ओलीले आफ्नो गुटको बैठक समेत गरेका थिए । नेताहरुले ओली गुटबन्दीमा लागेको भन्दै नेताहरुले बताएका छन् । अर्को बैठक भोलि विहान ११ बजे बैठक बस्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal