आज :

लकडाउनको १०० दिनः गण्डकी प्रदेशमा विहानै थप २८ जनामा कोरोना, संक्रमितको संख्या १३ हजार ५९२

काठमाडौँ । आज (असार १७ गते) कोरोना रोकथाम तथा नियन्त्रणको लकडाउन जारी भएको एक सय दिन पुगेको छ । बुधबार विहानै गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ६ जिल्लामा नयाँ संक्रमण पुष्टि भएको हो । जसमा पूर्वी नवलपरासीका १२ जना रहेका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा बुलिङटार गाउँपालिकाका २६ र २७ वर्षका २ जना पुरुष छन् ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार भरतपुर अस्पताल, चितवनमा कोरोना परीक्षणमा गैडाकोट गाउँपालिकाका २५ देखि ५० वर्ष उमेर समूहका ८ जना पुरुष, २३ र ५१ वर्षका २ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गोरखाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सहिद लखन गाउँपालिकाका ३० वर्षीय एक जना महिला, बारपाक गाउँपालिका २६, ५१ वर्षका २ जनामा कोरोना संक्रमण भएको हो ।

त्यस्तै, प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा स्याङ्जाका ८ जना छन् । स्याङ्जा वालिङ नगरपालिकाका ५० वर्षीया एकजना महिला र २७ वर्षीय पुरुष छन् ।

स्याङ्जा पुतलीबजार नगरपालिका २५ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । भीरकोट नगरपालिकाका २३ देखि २७ वर्ष उमेर समूहका ४ जनामा पुरुष र २४ वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाका २९ वर्षीय एक महिला र सोही जिल्लाकै बडीगाड गाउँपालिकाका २३ र २६ वर्षीया २ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको शुक्लागण्डकी र कास्कीको पोखरा महानगरपालिकामा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासी, गोरखा र कास्कीका सबै संक्रमितलाई आइसोलेसनमा लगिसकिएको र बाँकी जिल्लाका संक्रमितलाई पनि आइसोलेसनमा लैजाने तयारी भइरहेको ले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ९२ पुगेको छ भने ज्यान गुमाउनको संख्या ३० पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal