आज :

लकडाउनको मौकामा केयूकेललाई भर्तिकेन्द्र बनाउन खोजेप‍छि क्रियाशिल ट्रेड युनियनहरु आन्दोलनमा

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा क्रियाशिल तीनवटा ट्रेड युनियनले आन्दोलनको घोषणा गरेका छन् । लकडाउनकै बेला करार सेवामा कर्मचारी भर्नाको लागि निकालिएको विज्ञापन रद्द गराउन आन्दोलनको घोषणा गरेका हुन् ।

केयूकेलमा क्रियाशिल कर्मचारी संघका अध्यक्ष सन्तकुमार बोहोरा, लोकतान्त्रिक कर्मचारी संघका अध्यक्ष दक्ष कुमार पोखरेल र एकीकृत स्वातन्त्र कर्मचारी यूनियनका अध्यक्ष गोपालसिंह धामीले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनको घोषणा गरेको बताएका छन् ।

मिलिटेडका कर्मचारीका पेशागत हकहित, वृत्तिविकास, सेवा सुविधा, स्थायित्व र कम्पनीको संस्थाथत सुढृढिकरणका विषयमा भएका सहमति, सम्झौता कार्यान्वयन गर्नुको सटो व्यवस्थापन लकडाउनको मौका छोपी कर्मचारी करारको विज्ञापन निकालेको ट्रेड यूनियनका नेताहरुको बताएका छन् । लिमिटेडले असार ५ गते गोरखापत्रमा प्रकाशित गरिएकै दिन विज्ञापन रद्द गर्न आग्रह गरेको र असार १० गते लिखित रुपमै माग पेश गर्दा पनि सुनुवाई नभएकोले आन्दोलन गर्न बाध्य भएको संयुक्त विज्ञप्तिमा उल्ले छ ।

“ट्रेड युनियनहरुसँग भएका सहमतिहरु कार्यान्वयन गर्नुको साटो देश कोभिड–१९को महामारीका कारण लकडाउनमा रहेको समयमा करार सेवामा कर्मचारी भर्नाको लाति असार ५ गते गोरखापत्रमा प्रकाशित गरिएको विज्ञपान रद्द गर्न हामीले मौखिक अनुरोध गर्दै असार १० गते लिखित माग गरेका थियौँ । हाम्रो मागहरुको सुनुवाई नगरी व्यवस्थापन पक्षले एक लौटीरुपमा अगाडि बढेकोले हामी आन्दोलनमा जान बाध्य भएका छौं” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै असार १७ गतेसम्म विज्ञापन रद्द नगरिए १८ गतेदेखि चरणबद्ध आन्दोनलमा जाने निर्णय गरेको पनि संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । आफूहरुको आन्दोनलमा सहयोग सबै पक्षसँग अनुरोध गर्दै त्यसबाट उत्पन्न हुन जाने परिस्थितिको जिम्मेवारी कार्यकारी प्रमुख र संचालक समिति नै हुने चेतावनी पनि दिइएको छ ।
क्रियाशिल ट्रेड युनियनहरको आन्दोलन किन ?

१.कोभिड–१९को महामारी दिनानुदिन तीब्र गतिमा बढिरहेको यस अवस्थामा कार्यरत कर्मचारी, तिनका परिवारजन तथा देशबासी नागरिकको समेत स्वास्थ्यलाई उच्च जोखिममा पार्न खोजिएकोले मानव जीवन रक्षाको लागि ।

२. लकडाउनबाट सार्वजनिक यातायात पूर्ण रुपमा बन्द रहेको अवस्थामा आम नेपाली नागरिकले रोजगारीको समान अबसर प्रतिस्पर्धा गर्न पाउने सवैधानिक हकबाट बञ्चित गरिएकोले सबै नागरिकले रोजगारीको निम्ति प्रतिस्पर्धा गर्न पाउने अधिकार रक्षाको लागि ।

३. लोक सेवा आयोगको सिद्धान्तलाई पूर्णरुपमा पालना गरी लोक सेवा आयोगबाटै प्रतिस्पर्धा गराउनका लागि ।
४. अनलाइन सेवाबाट फारम भर्नपाउने व्यवस्था गराउनको लागि ।
५.कोभिड–१९ को महामारीबाट जीवन रक्षाको लागि नेपाल सरकार, सर्वोच्च अदालत तथा गृह र स्वास्थ्य मन्त्रालयले गरेका निर्णय कार्यान्वयनको लागि ।
६.लिमिटेडमा बर्षौदेखि कार्यरत मासिक पारिश्रमिक तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुको पेशागत सुरक्षाको लागि ।
७. लिमिटेडका कर्मचारीको पेशागात तथा लिमिटेडको सुदृढिकरण गर्ने विषयमा विगतमा राखेका मागहरु र व्यवस्थापनसँग भएका सहमतिहरु कार्यान्वयन गराउनको लागि ।

८.राजनैतिक र व्यक्तिगत स्वार्थ परिपूर्तिको लागि लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, सम्बन्धी मन्त्री र मन्त्रालयबाट विज्ञापनमा भएको हस्तक्षेप रोक्नको लागि ।

९. कम्पनीलाई विधिसम्मत संचालन गराउने र केयूकेल ले मेलम्ची खानेपानी संचालन गर्ने सुनिश्चितताको लागि ।
ट्रेड युनियहरुले असार १८ र १९ गते विहान ११ बजेदेखि १ बजेसम्म प्रमुख कार्यकारी अधिकृत तथा पदपूर्ती समितिका अध्यक्षको कार्यकक्ष घेराउ, असार २१ पछिको कार्यक्रम १९ गते घोषणा गर्ने भनिएको छ ।

आफूहरुको आन्दोलन संस्था र कर्मचारीको हितमा भएको एकीकृत स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष गोपाल सिंह धामीले अनलाइन डबलीलाई बताए । उनले लकडाउनका मौका छोपेर व्यवस्थापन पक्षले भर्तीकेन्द्र बनाउने नियतले करारको लागि विज्ञापन गरिएको धामीले दाबी गरे ।

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal