आज :

कोरोनाका कारण अछाममा पहिलो पटक एकजनाको ज्यान गयो, भारतबाट आएका थिए रामारोशनका पुरुष

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट अछाममा पहिलो पटक एकजनाको ज्यान गएको छ । भारतबाट आएका रामारोशन गाउँपालिका वडा नम्बर ५ का पुरुषको असार १४ गते कोरोनाका कारण ज्यान गएको हो ।

गौरीफन्टा नाका हुँदै भारतमा घर आएका उनी क्वारेन्टिबाट घर फर्केपछि एक्कासी बिरामी भएका थिए । असार १३ गते राति एक्कासी श्वासप्रश्वास सम्बन्धी समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा पुर्याउँदा पनि निको हुन नसकेपछि ज्यान गएको थियो ।

उनी जेठ २७ गते अछाम पुगेका थिए । उनलाई कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएको गाउँपालिकाले जनाएको थियो । उनी १४ दिन पछि कोरोनामुक्त भन्दै घर फर्केका थिए । स्वास्थ्य कार्यालय अछामका अनुसार घर गएको पाँच दिनमा उनको ज्यान गएको थियो ।

स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार असार ९ गते आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । एक हप्ता घरमा सुरक्षित बस्न भन्दै उनलाई घर पठाइएको थियो ।

मृ त्युपछि उनको स्वाब संकलन गरी परीक्षणको लागि धनगढी पठाइएको थियो । तर रिपोर्ट नआउँदै शवको व्यवस्थना गरिएको थियो । योसँगै नेपालमा कोरोनाका कारण ३० जनाको ज्यान गएको छ ।

आजैमात्र थप ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टा काठमाडौँ उत्यकामा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १२ जना, भक्तपुरका १ र ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७१ महिला र २४५ जनमा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा नेपालमा संक्रमितको संख्या १३ हजार ५६४ पु्गेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६० जनाले कोरोनासँग जितेर घर फर्केका छन् । जसमा जसमा ९ महिला र ५१ पुरुष गरी ६० जना रहेका छन् । अब निको हुनेको संख्या ३ हजार १९४ जना पुगेको छ ।

सरकारले पीसीआर परीक्षण बढाउने भनेपनि पहिले भन्दा घटेको छ । प्रवक्ता डा. गौतमका अनुसार पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal