आज :

नेपालमा कोरोनाबाट २९ जनाको ज्यान जाँदा निको हुनेको संख्या ३ हजार १३४

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट २९ जनाको ज्यान गएको छ । सोमबार थप एक जनाको ज्यान गएपछि यो संख्या पुगेको हो । ललितपुरको स्टार हस्पिटलमा उपचार गराइरहेका रौतहटका युवाको कोरोनाबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
कोरोनका कारण २९ जनाले ज्यान गुमाउँदा ३ हजार १३४ जनाले भने जितेका छन् । सोमबार थप १३ महिला र १०८ पुरुष गरी १२१ जना कोरोना जितेसँगै निको हुनेको संख्या ३ हजार १३४ पुगेको हो ।

सोमबार थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा दुई वर्षियसहित ६ जना नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार ११२ जना महिला र ३६४ जना पुरुषमा कोरोना संक्रमण भेटिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढाकालले दैनिक परीक्षणको दायरा बढेको दाबी गरिहरका छन् । तर मन्त्रीले भनेजस्तो दैनिक १० हजार पीसीआर परीक्षण भएको छैन । कोरोनाको परीक्षण सुरु भएदेखि हालम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६ सय ३० जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट १ हजार ८ सय २२ जनाको गरी आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ ।

अहिले देशभरीका क्वारेन्टिनमा ५७ हजार ३ सय ६८ जना रहेका छन् । देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा १० हजार ८५ जना संक्रमित उपचाररत रहेका छन् ।

त्यसैगरी मंगलबार विहानसम्म संक्रमितको संख्या १ करोड ४ लाख ८ हजार पुगेको छ । त्यस्तै ५ लाख ८ हजार ७७ जनाले ज्यान गुमाएका छन् । विश्वभर कोरोनासँग जित्नेको संख्या ५६ लाख ६४ हजार ३५५ पुगेको छ । पछिल्लो पटक निको हुनेको संख्या बढेको छ ।

सबैभन्दा अमेरिकामा २६ लाख ८२ हजार संक्रमित भएका छन् भने १ लाख २८ हजार ७८३ जनाले ज्यान गुमाएका छन् । दोस्रोमा ब्राजिलमा १३ लाख ७० हजार ४८८ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ५८ हजार ३८५ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी रुसमा संक्रमितको स‍ंख्या बढेको छ । मंगलबार विहानसम्म रुसमा ६ लाख ४१ हजार १६५ जनमा कोरोना पोजेटिभ पुष्टि भएको छ भने ९ हजार १६६ जनाले ज्यान गुमाएका छन् । छिमेकी भारतमा पनि तीब्र रुपमा कोरोना फैलिरहेको छ ।

भारतमा ५ लाख ६८ हजारमा कोरोना संक्रमण देखिएको छ । जससमध्ये १६ हजार हजार ९०५ जनाले ज्यान गुमाएका छन् । बेलायतमा ३ लाख १२ हजारमा संक्रमण देखिएको छ भने ४३ हजार ५७५ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal