आज :

कोरोना संकटमा पत्रकार हटाउने मिडिया हाउसविरुद्ध ११ वटा पत्रकार संगठनहरु एकजुट

काठमाडौं । कोरोना भाइरसको कारण देखाउँदै विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीहरुलाई पेशाबाटै निष्काशन गर्ने, बेतलवी विदा बस्न दवाव दिने, राजिनामा दिन बाध्य पार्नेलगायतका कार्यप्रति बिभिन्न ११ वटा संगठनहरुले बिरोध जनाएका छन् । विभिन्न बहानामा निष्काशन, राजिनामाको दवाव र काम गरेको पूरा तलव नदिने मिडिया व्यवस्थापकहरुको रवैया आफूहरुलाई स्वीकार्य नभएको भन्दै संयुक्त रुपमा आन्दोलनको चेतावनी दिएका छन् ।

‍आइतबार ११ वटा पत्रकार संगठनहरुको संयुक्त बैठकले दर्जनभन्दा बढी मिडिया हाउसमा श्रमजीवीका गम्भीर समस्या देखिएकाले मिडिया सञ्चालकहरुले श्रमजीवी पत्रकार ऐन विपरीतका कदमहरु तत्काल बन्द गरी सहजतापूर्वक श्रमजीवीहरुलाई काम गर्ने वातावरण निर्माण गर्न माग गरेको छ ।

त्यसैगरी सञ्चार मन्त्रालयलगायत सबै सम्बन्धित निकायहरुलाई कानुनसम्मत ढंगले समस्याको समाधानका लागि पहल गर्न पनि आग्रह गरिएको छ । पत्रकारका समस्या समाधानको लागि मिलेर सं.घर्ष गर्ने समेत प्रतिबद्धता जनाएका छन्।

‘अन्यथा श्रमजीवीको श्रमको उचित सम्मान र पेशागत सुरक्षाका लागि सशक्त आन्दोलनमार्फत दवाव दिन हामी बाध्य हुनेछौं । त्यसबाट सिर्जित परिस्थितिको जिम्मेबार स्वयं मिडिया मालिकहरु र सरोकारवाला निकाय नै हुने पनि यसै विज्ञप्तिमार्फत् स्पष्ट पार्न चाहन्छौं’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

संयुक्त विज्ञप्तिमा प्रेस संगठन नेपालका स‌ंयोजक महेश्वर दाहाल ,प्रेस युनियन नेपालका अध्यक्ष  बद्री सिंग्देल, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत,प्रगतिशील पत्रकार संघका अध्यक्ष उदय जिएम, क्रान्तिकारी पत्रकार संगठन नेपालका उपाध्यक्ष जन्मदेव जैसी, प्रेस नेपालका अध्यक्ष  केशवराज अर्याल, जनपत्रकार संगठन नेपालकी सचिव सिर्जना तिमिल्सिना, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका दामोदरप्रसाद दवाडी र मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

महामारीका कारण बन्द हुन पुगेका स्वरोजगारमुखी तथा साना मिडिया र रोजगारी गुमाउन पुगेका पीडित श्रमजीवी पत्रकारहरुको लागि ‘विशेष आवधिक राहत प्याकेज’को व्यवस्था गर्न पनि सरकारसँग माग समेत गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal