आज :

नेपालका १२ हजारसहित विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो, निको हुनेको संख्या बढ्दै

काठमाडौँ । कोरोना भाइरस देखा परेको सात महिना पुगिसक्यो । अझै पनि रोकथाम तथा नियन्त्रणको लागि भरपर्दो उपाय भेटिएको छैन । चन्द्रामामा बस्ती बसाउनेदेखि जीपको अन्त्यको उपाय पत्ता लागउन सफल भएकाहरुले कोरोनासँग प्रतिरोध गर्ने उपाय पत्ता लगाउन सकेका छैनन् ।

कोरोना नियन्त्रणको लागि कुनै उपया नभएकोले दिनप्रतिदिन तीब्र गतिमा बढिरहेको छ । आइतबार विहानसम्म आइपुग्दा विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ । नेपालका १२ हजार ३०९ सहित विश्वभर संक्रमितको संख्या १ करोड ८१ हजार पुगेको छ ।
सबैभन्दा अमेरिकामा संक्रमित छन् भने दोस्रोमा ब्राजिल, तेस्रोमा रुस र चौथोमा भारत रहेका छन् । अमेरिकामा झण्डै २६ लाख संक्रमित पुगेका छन् । तीब्र गतिमा फैलिरहको अमेरिकामा २५ लाख ९६ हजार ५३७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै १ लाख २८ हजार १५२ जनाको मृत्यु भइसकेको छ । ब्राजिलमा १३ लाख १५ हजार ९४१ जना संक्रमित पुष्टि भएको छ भने जसमा ५७ हजार १०३ जनाको ज्यान गइसकेको छ ।

त्यसैगरी रुसमा ६ लाख २७ हजार ६४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ज्यान गुमाउनेको संख्या ८ हजार ९६९ जनामा सिमित छ । त्यसपछि भारत संक्रमतिको सूचीमा छ । भारतमा ५ लाख ३० हजार संक्रमित पुग्दा ज्यान गुमाउनेको संख्या १६ हजार १०३ पुगेको छ । भारतपछि बेलायतमा ३ लाख १० हजार संक्रमित भने ४३ हजार ५१४ जनाको ज्यान गइसकेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर थप १ लाख ७५ हजार २६७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै ४ हजार ५४६ जनाले ज्यान गुमाएका छन् । नेपालका २८ जनासहित विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ६२५ पुगेको छ ।

त्यसैगरी कोरोनासँग जित्नेको संख्या बढिरहेको छ । पछिल्ला विवरणहरुका अनुसार ज्यान गुमाउनेभन्दा निको हुनेको संख्या बढी देखिएको छ । नेपालका २ हजार ८३४ सहित विश्वभर निको हुनेको संख्या ५४ लाख ५१ हजार ९८४ पुगेको छ भने ४१ लाख २१ हजारभन्दा बढीको उपचार भइरहेको छ । नेपालसहित विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९० हजार ४६९ जनाको ज्यान गएको छ । २४ लाख १ हजार ४५२ जना संक्रमित भएकोमा १३ लाख ४१ हजार ३८४ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६५ हजार १०८ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या ३० लाख २१ हजार ३४२ पुगेको छ । त्यसमध्ये १३ लाख १२ हजार ८०५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ५३ हजार ८७२ जनाको ज्यान गएको छ भने २१ लाख ६४ हजार ६४४ जना संक्रमित भएकोमा १४ लाख ४ हजार ५८७ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा ८१ हजार २०६ जनाको ज्यान जाँदा २१ लाख १ हजार ७८६ संक्रमित भएकोमा १२ लाख २ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ९ हजार ५१९ जनाको ज्यान गएको छ भने ३ लाख ७४ हजार ५९६ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८१ हजार १७९ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार २७३ जना संक्रमित भएकोमा ८ हजार ५७० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal