आज :

(नेकपा)को स्थायी समिति बैठकः एमसीसी खारेजीको माग, प्रधानमन्त्री ओली आधा घण्टापनि बसेनन्

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा धारणा राख्ने क्रम जारी छ । स्थायी समिति सदस्यहरुले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन् ।

जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चर्को विरोध गरिहरका छन् । हिजो बैठकमा अनुपस्थित रहेका ओली शनिबार (आज)को बैठकमा एक आए तर एकैछिनमा बाहिरिएको बताइएको छ । स्थायी समिति सदस्यहरुले गरेको आलोचना खेप्न नसकेर ओली बैठकबाटै बाहिरिएको नेताहरुले बताएका छन् ।

त्यसैगरी अधिकांश नेताहरु अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा नभएको भन्दै खारेज गर्ने धारणा राखिरहेका छन् । विवादित बुँदा संशोधन गरेर सहयोग लिन सकिने तर हुबहु पारित गर्नु राष्ट्र.घात हुने भन्दै नेताहरुले बरु खारेजी गर्नु बताएका छन् ।

बैठकस्थलबाटै केही नेताहरुले संचारकर्मीलाई दिएका जानकारीअनुसार ओली आधा घण्टा बसेर बाहिरिएका थिए । बैठक साढे ११ बजे सुरु भएको र ओली १२ नबज्दै बाहिरिएको बताइएको छ । अरु काम भएको भन्दै बैठक हलबाट प्रधानमन्त्री बाहिरिएको बताइएको छ ।

शुक्रबारको बैठकमा ओली अनुपस्थित रहेपछि बोल्ने स्थायी समिति सदस्यहरुले आक्रोस पोखेका थिए । हिजोको बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रधानमन्त्री ओली आफू खुशी चलेको, पार्टीका संस्थागत निर्णयहरुलाई लत्याउँदै गएको, कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकार असफल भएको बताएका थिए ।

त्यसैगरी भ्रष्टाचार आरोपमा मुछिएका गोकुल बास्कोटालाई भारतीय दूतावासमा प्रधानमन्त्रीले पठाएको भन्दै चर्को आलोचना गरेका थिए । बैठकमा बोल्ने १८ जनाले नै सकारकारको आलोचना गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal