आज :

नेपालमा थप ४८ जनाले कोरोनासँग जिते, निको हुनेको संख्या २ हजार ६९८ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरससँग जित्नेको संख्या २ हजार ६९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ४८ जनाले कोरोनासँग जितेर घर फर्केका छन् । जसमा ८ महिला र ४० पुरुष रहेका छन् ।

त्यसैगरी नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । शुक्रबार थप ५९३ जनामा संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा तीनसहित विभिन्न जिल्लामा नयाँ संक्रमित भेटिएका हुन् । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अझाम, बैतडी, बझाङ, बाजुरा, बारा, दार्चुला, गोरखा, कैलाली, कञ्चनपुर, कपिलबस्तु, रौतहट, सल्यान, नवलपरासी, पूर्व रहेका छन् ।

त्यसैगरी काठमाडौं, सिन्धुली, कास्की, लमजुङ, बागलुङ, तनहुँ, स्यांजा, अर्घाखाँची, गुल्मी, पाल्पा, रुपन्देही, दाङ, प्युठानलगायतका जिल्लामा नयाँ संक्रमित भेटिएका हुन् । गौतमका अनुसार नयाँ संक्रमितमा १०७ र ४८६ जना पुरुष रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा शुक्रबार २१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, धनगढीस्थित प्रयोगशाला र चितवनस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप २१९ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा सबैभन्दा बढी डोटीमा ७१ जना, कञ्चनपुरका ४३, कैलालीका ३८, बाजुरा र बैतडीका २७/२७, बझाङका ९, दार्चुलाका तीन र अछामका एकजनामा कोरोना पोजेटिभ देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा अछामका एक पुरुष, बैतडीका पाँच महिला र २० पुरुष गरी २५ जना, बझाङका तीन महिला र छ पुरुष गरी नौजना, बाजुराका १० महिला र १७ पुरुष गरी २७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

दार्चुलाका तीन पुरुष, डोटीका १७ महिला र २९ पुरुष गरी ४६ जना, कैलालीका आठ महिला र २२ पुरुष गरी ३० जना र कञ्चनपुरका आठ महिला र ३४ पुरुष गरी ४२ जनामा कोरोना पुष्टि भएको उनले बताए ।

चितवनमा गरिएको परीक्षणमा कैलालीका थप एक पुरुषमा संक्रमण देखिएको छ । यस्तै, धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठकाअनुुसार डोटीका २५, कैलालीको भजनी नगरपालिकाका दुई र चुरे गाउँपालिकाका पाँच गरी सात, बैतडीको पञ्चेश्वर गाउँपालिकाका दुई र कञ्चनपुरको भीमदत्त नगरपालिकाका एकजनामा संक्रमण देखिएको छ ।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८८६ पुगेको छ । जसमध्ये २४४ जना निको भएर घर फर्केका छन् भने पाँच जनाले ज्यान गुमाइसकेका छन् ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal