आज :

(नेकपा)को स्थायी समिति बैठकः आलोचना सुन्न नसकेर ओली अनुपस्थित, बालुवाटारमै गुटको बैठक

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक अहिले बालुवाटारमा जारी छ । तर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित छन् । आजको लागि स्थगित बैठकस्थलमा समेत ओली नआएपछि नेताहरुले को सुरुमै ओलीको आलोचना गरेका छन् ।
स्थायी समिति सदस्यहरुले आफूहरुका कुरा अध्यक्षले सुन्नुपर्ने भन्दै बैठकमा उपस्थितिको लागि माग गरेका थिए । तर अर्का अध्यक्ष प्रचण्डले आफूले संचलान गर्ने र समय मिलाएर सहभागी हुने बताएपछि बैठक सुरु भएको बताइएको छ । पहिलो दिन आफ्ना कुरा सुनाएका प्रधानमन्त्रीले स्थायी समिति सदस्यहरुका कुरा सुन्न तयार नभएपछि आन्तरिक विवाद चर्किदै गएको कार्यकर्ताहरुको बुझाई छ ।

बुधबार पहिलो दिनको बैठकमा प्रधानमन्त्री ओलीले आफूविरुद्ध बहुमतको खेल भएको, सरकारले गरेका राम्रा कामको समेत विरोध गरेको आरोप लगाएका थिए । त्यस्तै नेपालमा कम्युनिस्टको सरकार भएको अन्तर्राष्ट्रिय जगतलाई समेत मन नपरेको कतिपय नेताहरु त्यसैको पछि लागेको प्रधानमन्त्री ओलीले बताएका थिए ।

त्यसैगरी राजनीतिक अस्थिरता निम्त्याउन ल्याएको अध्यादेशलाई समेत राम्रो सोचले ल्याएको बताएका थिए । करिब एक घण्टाको मन्तव्यमा प्रधानमन्त्री ओलीले सरकारका नराम्रा कामको समेत बचाउ गरेका थिए ।

बैठकमा अर्का अध्यक्ष प्रचण्डले पार्टी र सरकारको आलोचना गरेका थिए । दुबै अध्यक्ष एकअर्कालाई घोचपेच समेत गरेका थिए । दुबै अध्यक्षको मनोविज्ञान बुझेका स्थायी समिति सदस्यहरुले फरकफरक धारणा बनाएका छन् । उनीहरु पनि दुबै समूहमा विभाजित भएका छन् । आजको बैठकमा पनि उनीहरुले पार्टी र सरकारको आलोचना र समर्थनबाटै धारणा राख्न सुरु गरेको बताइएको छ ।

बैठकमा सरकारको कामको समीक्षा, पार्टी एकता प्रक्रिया, एमसीसी र विविध विषयमा स्थायी समिति सदस्यहरुले आफ्ना धारणा राखिरहेका छन् । बालुवाटार स्रोतका अनुसार बैठकमा सहभागी नभएको अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफू निकटको केही नेताहरुसँग छलफल गरेका थिए ।

बैठक सुरु हुनुभन्दा पहिला केही स्थायी समिति सदस्यहरु र बैठक चलिरहेकै बीच अन्य नेताहरुसँग छलफल गरेको बताइएको छ । प्रधानमन्त्री जारी बैठकको कसरी सामान गर्ने र एमसीसीको म्याद थपबारे आफ्नो गुटका नेताहरुसँग छलफल गरेको स्रोतको दाबी छ । यसलाई प्रचण्ड-नेता माधव कुमार नेपाल निकट नेताहरुले स्थायी समिति बैठकमा आउन छोडेर गुटको बैठक बसाउन लागेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal