आज :

विप्लवले मोदीलाई भने- गोर्खा सैनिकलाई चीनसँग लड्न नपठाऊः विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली युवाहरुलाई चीन विरुद्ध लड्न नपठाऊन आग्रह गरेका छन् । चीन र भारतीबीच लद्दाखमा विवाद उत्पन्न भएसँगै भारतले गोर्खा सैनिकलाई सो क्षेत्रामा पठाउन तयारी गरेको बेला विप्लवले शनिबार विज्ञप्ति जारी गरेर गोर्खा सैनिक भर्तिकेन्द्र बन्द गर्नुपर्ने समेत बताए ।

विप्लवले पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको देशमा लड्न पठाउने चलन २१ औँ शताब्दीमा पनि कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एवम् लज्जास्पद विषय भएको बताए । नेपाली युवाहरू कार्यरत गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न समेत विप्लवले विज्ञप्तिमा भारतलाई आग्रह गरेका छन् । साथै, नेपाली युवाहरूलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विशेष अपिलसमेत गरेका छन् ।

चीन र भातरका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने, एउटाका पक्षमा अर्काका विरुद्ध युद्ध लड्नुपर्ने कुरा उचित नभएको विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् । विप्लवले सीमा क्षेत्रमा गोर्खा रेजिमेन्ट खटाउने कुरा असंलग्न राष्ट्रहरूले अवलम्बन गरेको सिद्धान्तका विरुद्ध पनि भएको बताउँदै उक्त कदम समान छिमेकीका बीचमा रहेको नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक रहेको पनि उल्लेख गरेका छन् ।

विप्लवले गोर्खा भर्तीकेन्द्र नेपालको लागि .लज्जाजनक रहेको भन्दै यथाशीघ्र खारेज गर्न र युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न राज्यसँग माग पनि गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal