आज :

उत्तरकोरियाको सेना सीमातिर अगाडि बढ्यो, दक्षिणसँगको संयुक्त कार्यालय भत्काए

काठमाडौँ । लद्दाखमा चिनियाँ सेनाले भारतीय सेनालाई सीमा रेखाबाट लखेटेको घटनाले विश्वभर चर्चा भइरहेको बेला उत्तर कोरियाली सेना पनि सीमातिर अगाडि बढेको छ । उत्तर कोरियाली संचारमाध्यमहरुको जनाएका छन् ।

केही दिनदेखिको तनाव यु.द्धको अवस्थामा पुगेको छ । दुई दिनअघि मात्रै उत्तर कोरियाले दक्षिणलाई ‘शत्रु’ भन्दै कारवाहीको लागि तयार हुन निर्देशन दिएको नेतृ किम यो जोङले पार्टी, सरकार र सर्वोच्च नेताले दिएका अधिकार भन्दै दक्षिण कोरियोसँगको विरुद्धको कारवाहीको लागि निर्देशन दिएकी थिइन् ।

त्यसको २४ घण्टापछि उत्तर कोरियाले सीमावर्ती सहर गेसङमा दक्षिण कोरियासँगको संयुक्त सम्पर्क कार्यालय भत्काइदिएको छ । सोही घरबाट दुबै देशका अधिकारीलेहरु एकअर्कासँग सम्पर्क गर्दै आएका थिए । अध्याधुनिक उक्त घर भत्काउँदै उत्तर कोरियाको सेनाले दुई देशलाई विभाजन गर्ने असैनिकीकृत क्षेत्र (डीएमजी) प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ ।

दक्षिण कोरियाले पछिल्ला दिनहरुमा भागेर गएकाहरुलाई उपयोग गरेर उत्तरविरुद्ध प्रचारात्मक सामाग्री बेलुनबाट पठाउँदै आएका थिए । उत्तर कोरियाय तिखेर सेनाले आफ्ना ‘अग्रमोर्चालाई किल्लाको रूपमा बदल्न र सैन्य निगरानीलाई बढाइरहेको उत्तर कोरियाली संचारमाध्यमहरुले बताएका छन् ।

यसैबीच उत्तर कोरियाले आणविक ह.तियारको परीक्षण गरेको बताइएको छ । उत्तर कोरियाको गेसङमा धुवाँको मुस्लो निस्किएको दक्षिण कोरियाले जनाएको छ ।

उत्तरको सैन्य प्रक्रियाबाट सशंकित बनेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले मङ्गलवार विकसित पछिल्ला घटनाक्रमबारे प्रतिक्रिया व्यक्त गर्दै अमेरिकासँग मिलेर उत्तर कोरियाको सैन्य गतिविधि नियालिरहेको जनाएको थियो ।

मङ्गलवार उत्तर कोरियाली सेनाले असैनिकीकृत क्षेत्रमा सेना पठाउने कार्ययोजनाको अध्ययन गरिरहेको जनाएको छ । सरकारको निर्णयलाई तत्काल कार्यान्वयन गर्न तयार रहेको उत्तर कोरियाको सेनाले बताएको छ ।

उत्तरबाट भागेकाहरुले सीमा क्षेत्रमा संगठित रुपमा बलुनमा खानेकुरा, एक डलर बराबरको स्थानीय मुद्रा, रेडियो र दक्षिण कोरियाली नाटक तथा समाचार भएका पेनड्राइभ पठाउने गरेका छन् । यसो गर्न लागेको सन् पहिलेबाटै हो । तर, सन् २०१८ मा किमजोङ उन र मुन जे इनबीच भएको वार्तामा उत्तरविरुद्ध गरिने प्रचारलाई रोक्ने सम्झौता भएको थियो । तर, दक्षिणले उक्त सम्झौताअनुसार प्रचारलाई नरोकेपछि उत्तर रिसाएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal