आज :

मर्नुअघि यस्तो हृदयविदारक स्टाटस् लेखेका थिए सुशान्तले

काठमाडौं । बलिउड चर्चित अभिनेता सुशान्त सिंह राजपूत अक्सर गरेर भावुक रहेको उनका स्टाटस् र कविताले देखाउँछ । उनले मर्नुभन्दा केहि हप्ता अगाडी इन्स्ट्राग्राम तथा कविताबाट आफ्नो दिवंगत आमालाई निकै नै हृदयविदारक तरिकाले सम्बोधन गरेको पाईएको छ । भारतिय सञ्चारमाध्यमका अनुसार उनि लामो समयदेखि डिप्रेशनको शिकार भएका र त्यसको औषधीसमेत प्रयोग गरिरहेका थिए । एकाएक मृत्युको खबर आउँदा उनका फ्यान शोकमा डुबेका छन् ।

इन्स्ट्राग्राममा अन्तिम पटक (जुन ३) मा उनले आफ्नो र आमाको फोटो राख्दै क्याप्सनको रुपमा भावुक स्टाटस् लेखेका थिए । उनले स्टाटस्मा यस्तो लेखेका थिए : आँशुका थोपाहरुबाट वाष्पीकरण मुस्कानका लागि लालायित कहिल्यै अन्त नहुने सपनाहरु र एक क्षणभर जीवन यी दुई बिच सम्झौता गर्दै…माँ

यसैगरी उनले कविता पनि लेखेका थिए । उनले कवितामा यस्तो भनेका थिए :

जबसम्म तपाई हुनुहुन्थ्यो, म थिएँ
अब तपाईको स्मृतिमा मात्र म जिवित छु
छायाँ जस्तो, केवल झझल्कोमा मात्र ।
यो सुन्दर छ, यो सँधैको लागि हो…

उनले टेलिभिजनमा हुने विभिन्न कार्यक्रममा पनि आफ्नो आमाको सम्झना गरेका थिए । उनले सन् २०१६ मा ‘एम एस ध्वनी’ चलचित्रबाट बेस्ट याक्टर अवार्ड पाएका थिए । उनले यस अवार्ड पाउने क्रममा भनेका थिए ः “मैले यो सफलता हासिल गर्दै गर्दा मैले मेरो आमालाई सम्झिरेको छु । कास यदि मेरो आमा अहिले यहाँ हुनुभएको भए कति खुशी हुनुहन्थ्यो होला, म अहिले जे छु उहाँकै कारणले छु”
पछिल्लो समयमा उनले ‘दिल बेचारा’ नामक चलचित्रमा अभिनय गरेका थिए । यो नै उनको अन्तिम चलचित्र भएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal