आज :

घोडाघोडीमा अर्को व्यथितिः सिँचाई बोरिङको बजेट अध्यक्षको घरमा, उपमेयरको लाजमर्दो तर्क

धनगढी । कैलालीको घोडाघोडी नगरपालिमा सिँचाई बोरिङ निमार्णका लागि नगरपालिकाले १० लाख बजेट विनियोजन गर्यो । बेल्कोट सुन्दरटोल बोरिङ योजनाको काम सुरु गर्नेभन्दै उपभोक्ता समितिले ३ लाख पेश्की पनि लियो तर त्यो अध्यक्षको घरमा । समयमै काम नभएपछि बजेट फ्रिज भयो ।

जनप्रतिनिधि र कर्मचारीले योजना नै विर्षिए तर जनता बोरिङ बन्ने आशमा बसे । उक्त रकमबाट एकवर्षमा उपभोक्ता समितिका अध्यक्षको घर बन्यो,  जनताको खेत सिँचाई गर्ने सपना पूरा भएन । अहिले स्थानीयले बोरिङ किन बनेर भनेर खोजी गरेपछि कर्मचारीले अघिल्लो वर्षको खाता पल्टाएर गाएब भएको ३ लाख २८ हजारको हिसाब किताब खोज्न थालेका छन् ।

नगरपालिकाको योजना कार्यान्वयनको लागि गत वर्ष असारमा बेल्कोट सुन्दरनगरमा बोरिङ निर्माणका लागि स्थानीय वीरबहादुर कार्कीको नेतृत्वमा उपभोक्ता समिति गठन भयो । नगरपालिकाले समितिलाई असारमै पहिलो किस्ताको रकम स्थानीय कञ्चन विकास बैंकमा राखिदियो । साउनदेखि नयाँ आर्थिक वर्ष सुरु भयो तर असारमा पेश्कीको लागि भनेर भुक्तानी गरेको रकम उपभोक्ता समितिले पुसमा निकाल्यो ।

“हामीलाई नगरपालिकाले अघिल्लो वर्ष असारमा पेश्की दिएको थियो, त्यो रकमलाई पुसमा निकालेका हौं तर काम हुन सकेन” उपभोक्ता समितिका अध्यक्ष कार्कीले भने ।

स्थानीयले भने उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र नगरपालिका एक कर्मचारीले पेश्की निकालेर आफ्नो व्याक्तिगत प्रयोजनमा खर्च गरेको दाबी गरेका छन् । “अध्यक्षले बोरिङ निमार्ण नगरेर पेश्कीमा आएको पैसाले आफ्नो घरमा लगाए । यसमा नगरपालिकाका कर्मचारी दिपेश शाहीको पनि हात छ । हामीसँग यसको प्रमाण छ” एक स्थानीयले अनलाइन डबलीसँग भने ।

यता उपभोक्ता समितिका अध्यक्ष कार्की भने यो स्वीकार्न तयार छैनन् । उनले भने, “नगरपालिकाको पेश्कीको पैसाले बोरिङ गाड्ने मेसिनको खर्च पुगेन, सँगै कोरोना सुरु भएकाले हामीले बजेट कार्यान्यन गर्न सकेनौं । पैसा अपचलन भएको छैन ।” तर अध्यक्ष कार्कीको यो कुरा पत्याईहाल्न सकिने अवस्था छैन । आर्थिक वर्ष २०७५/ ७६ को अन्तिम महिना असारमै सकि सक्नु पर्ने योजनाको पेश्की रकम अर्को आर्थिक वर्षको पुसमा निकाल्नुले यहाँ अनियमितताको सोझैं आशंका गर्न सकिने ठाउँ छ । त्यसमाथि पुसमा बैकबाट निकालेको रकम उपभोक्ता समितीले ६ महिनापछि स्थानीयले आवज उठाएपनि हतारमा बैंकमा जम्मा गरेको देखिन्छ ।

“हामीले पुसमा निकालेको ३ लाख २८ हजार पैसा काम सुरु हुन नसकेपछि जेठमा लगेर पुनः बैकमा जम्मा गरिदिएका छौ” अध्यक्ष कार्कीले भने । उसो भए बजेटको सरकारी पैशा ६ महिनासम्म आफ्नो घरमा लगेर किन राख्नु भयो त ? भन्ने प्रश्नमा उनले उत्तर दिन सेकनन् ।

नगरपालिकाले योजना र पैसा दुबै बिर्सियो । बजेट फ्रिज भएको २ आर्थिक वर्ष पछि पनि उपभोक्ता समितिलाई दिइएको पेस्की रकमबारे नगरपालिकालाई अत्तोपतो छैन । आर्थिक वर्ष २०७५/७६ को आसरमा सिँचाई बोरिङका लागि विनियोजन गरेको १० लाखको बजेट कार्यान्वयन नभै सोही आर्थिक वर्षमा फ्रिज भएपनि पेस्कीमार्फत दिइएको ३ लाख रुपैयाँ उपभोक्ता समितिका पदाधिकारीले व्यक्तिगत रुपमा चलाएको स्थानीयको आरोप छ ।

अर्को आर्थिक वर्ष सकिनै लाग्दा पनि बोरिङ निमार्णको कम सुरु नभएपछि स्थानीयले चाँसो देखाउन थालेका हुन् । स्थानीयले उपभोक्ता समितिको बैठक बोलाउन पटकपटक आग्रह गर्दापनि अध्यक्षले नमानेपछि उनिहरु नगरपालिका पुगे । नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई नै पत्र लेखेर अनुगमन गरिदिन अग्रह गरेपनि कुनै प्रतिउत्तर नपाएको स्थानीयको गुनासो छ ।

“हामीले जेठ १९ गने नगरपालिकालाई पत्र लेखेर अनुगम गरिदिन आग्रह गरेपनि हाम्रो आग्रहको उपेक्षा भयो । त्यसपछि हामी तपाईँहरु समक्ष आयौं” एक स्थानीयले अनलाइन डबलीसँग भने ।

यस विषयमा नगरपालिकाका कार्यकारी अधिकृत खगेन्द्रबहादुर सिंहले उक्त घटनाप्रति अफुहरुको ध्यानकर्षण भएको र आफुले कर्मचरीहरुलाई उक्त योजनाको फाइल खोज्न लगाएको बताए । तर, बजेट कार्यान्वयमा देखिएको बेथिति र मनपरिको जिम्मा भने उनले लिन चहेनन् । कर्मचारीहरुलाई दोष दिँदै उनि उम्कन चाए । “बजेट उक्त ठाउँमा गएको र निर्माण सुरु नभै पैसा रोकिएको भन्ने पनि मलाई ज्ञान भएन” सिंहले भने । योजनाहरुको फलोअप गर्ने संयन्त्र भएपनि कर्मचारीहरुले आफुलाई जानकारी नदिएको उनको तर्क छ । बजेट फ्रिज भइसकेकाले पेस्की रकम जरिवानासहित नगरपालिकालई फिर्ता गर्न निर्देशन दिएको उनले बताए ।

उमपेयरको लजमर्दो तर्क संविधान र स्थानीय सरकार संचालन ऐन २०७४ ले नगरभित्रका सम्पूर्ण योजनाहरुको नियमन र अनुगमन गर्ने जिम्मा उपमेयर र नेतृत्वको टिमलाई हुने भनेको छ । तर, घोडाघोडी नगरपालिकाका उपमेयर प्रेम कुमारी थापाले भने आफुलाई अलपत्र परेको योजनाबारे थाहा नै नभएको बताइन् ।

“त्यहाँको भाईहरु एकदिन आउनु भयएको थियो, बुझ्छु भनेको थिए समय नै पाइन की के भयो खै ?” थापाले अनलाइन डबलीसँग भनिन् । अनुगमन गर्ने काम तपाईँको होइन र भन्ने प्रश्नमा उपमेयर थापाले देशभर यस्तै हो भनेर हास्यास्पद तर्क गरिन् । “त्यो त हो तर देशभर यस्तै छ, अब यस्तै हो” उनले भनिन् ।

भिडियो 

विकासको पैसा अध्यक्षको घरमा बजेट फ्रिज । उपमेयरको लाजमर्दो तर्क

घोडाघोडीमा व्यथीतिको नया नमूना । विकासको पैसा अध्यक्षको घरमा बजेट फ्रिज । उपमेयरको लाजमर्दो तर्क

Dabali Media Pvt.Ltd. यांनी वर पोस्ट केले शनिवार, १३ जून, २०२०

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal