आज :

स्वास्थ्यकर्मीले रगत दिएर पनि बाचेनन् धुर्कोटका कोरोना संक्रमित, ज्यान गुमाउनेको संख्या १९ पुग्यो

वुटवल । गुल्मीमा कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको ज्यान गएको छ ।

उपचारमा खटिएका डा. कविराज भुसालले संचारकर्मीहरुलाई दिएको जानकारीअनुसार रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत उनको शनिबार राति मृ,त्यु भएको हो ।

कोरोना संक्रमणबाट अवस्था गम्भीर भएका ती पुरुषलाई बचाउन उपचार खटिएका स्वास्थ्यकर्मीहरु रगत दिएका थिएका थिए । अवस्था सुधार हुनुको साटो झनझन गम्भीर बन्दै गएको थियो ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरिसकेको छ ।
कोरोनाबाट बच्न भारत घर फर्केका ती युवामा जेठ १२ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी भारतबाट फर्केपछि धुर्कोटको क्वारेन्टिनमा बसेका थिए ।

जेठ १३ गतेबाट उपचार सुरु गरिएका ती युवा आन्द्राको क्यान्सरबाट पीडित रहेको बताइएको छ । उनमा रक्त अल्पताको समस्या देखिएको थियो ।योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १९ पुगेको छ । सरकारले औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।

नेपालमा कोरोनाको संक्रमण दिनप्रतिदिन फैलिरहेको छ । शनिबार मात्रै दुई जनाको मृ,त्यु भएको सरकारले पुष्टि गरेको थियो । बाराको निजगढ–६ का ५ वर्षीय बालक र वीरगञ्जका एक पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको थियो ।

बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा बालकको शुक्रबार साँझ मृ,त्यु भएको थियो । निमोनिया कारण सिकिस्त बनेका बालकलाई परिवारले निजगढमा दुईवटा निजी क्लिनिकमा उपचारको लागि लगिएको थियो । निको हुने सम्भावना नभएपछि त्यहाँबाट टेम्पोमा राखेर निजगढकै सामुदायिक प्रसूति अस्पतालमा लगिएको थियो । त्यहाँ पनि उपचार नभएपछि एम्बुलेन्समा राखेर वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो ।

बिहान ११ बजे आकस्मिक कक्षमा भर्ना गरिएका बालकको उपचारको क्रममा मृत्यु भएको थियो । अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीका अनुसार बालकको शव नेपाली सेनाले व्यवस्थापन गरेको थियो ।

यसैगरी वीरगञ्जकै घण्टाघर क्षेत्रमा बुधबार मृत भेटिएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी अस्पताल गण्डकीका संयोजक डा.उदयनारायण सिंहका अनुसार शुक्रबार साँझ मृतक भेटिएका युवकको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । अन्दाजी २५ वर्षीय युवक मृत भेटिएपछि नारायणी अस्पताले परीक्षण गरेको थियो । उनको ठेगाना खुल्न सकेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal