आज :

नेपालमा ५ हजार ३३५ जनामा कोरोना, १८ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप २७३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको जानकारी दिँदै रौतहटमा ९२ जनासहित थप २७३ जनामा संक्रमण भएको बताएको छ ।

मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरी पर्सा र बर्दियामा ६–६ जना, झापा र रुपन्देहीमा ५–५ जना, मोरङ र पर्वतमा ४–४ जना, दाङ र गुल्मीमा २–२ जना, महोत्तरी, बारा, नवलपरासी १–१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।

मृत्युपछि कोरोना संक्रमण देखिएका दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सरकारले औपचारिक रुपमा पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

प्रवक्ता डा. गौतमले पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको कोरोनाबाट मृत्यु भएको बताए । पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा निको भएका गरी ९१३ जनाले कोरोनासँग जितेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal