आज :

नयाँ नक्सा-संविधान संशोधनको लागि भएको मतदानको परिणामः पक्षमा २५८, विपक्षमा शून्य

काठमाडौँ । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साको पक्षमा संसदमा शतप्रतिशत सांसदहरु उभिएका छन् । नयाँ नक्साअनुसारको निशान छापको लागि भएको मतदानको विपक्ष र तटस्थ दुबैमा शून्य मतदान भएको छ ।

शनिबार बसेको प्रतिनिधिसभा बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयकमाथि मतदान भएको थियो । संविधान संशोधनको लागि प्रतिनिधिसभामा भएको मतदानको परिणाम सार्वजनिक गरिएको छ । सभामुख अग्नि सापकोटाले मतदानको परिणाम सार्वजनिक गरेका हुन् ।

नेपालको नयाँ नक्सासहितको निशान छापको लागि भएको गरिएको संविधान संशोधनको पक्षमा २५८ मत, विपक्षमा शून्य तटस्थ मत रहेका छन् । कुल २५८ संख्या उपस्थिति रहेको सापकोटाले घोषणा गरेका छन् । यो संख्या आवश्यक पर्ने दुई तिहाइभन्दा निकै बढी हो ।

संविधान संशोधनको विक्षमा रहेकी सामाजवादी पार्टीकी सांसद सरिता गिरी भने संसदबाट पहिले नै बाहिरिएकी थिइन् ।  उनले आफुले दर्ता गराएको संशोधनमाथिको संशोधन दर्तामा छलफल नगराइएकोमा असन्तुष्टि व्यक्त गरिन् ।

यसअघि कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभामा दफावार छलफलको लागि राखिएको निशानछापमा मुलुकको नयाँ नक्सा प्रतिस्थापन गर्ने प्रस्तावको पक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, राजेन्द्र महतो, उपेन्द्र यादव, राजेन्द्र लिङ्देन, दुर्गा पौडेल, प्रेम सुवाल, विष्णुप्रसाद पौडेल, डा. शशांक कोइराला, भीमबहादुर रावल, प्रकाशमान सिंह, पम्फा भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, गोकर्णराज विष्ट, देवेन्द्रराज कँडेल, देवेन्द्र पौडेल, डा.अमरेशकुमार सिंह, गणेशसिंह ठगुन्ना, डा. मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी, रामबहादुर विष्ट र लालबाबु पडित धारणा राखेका थिए । सबै सांसदले राष्ट्रियताको विषयमा एकमत हुनु नेपालीको विशेषता भएको उल्लेख गरे ।

करिब ६ दशकपछि पहिलो पटक भारतको अतिक्रमणमा परेको नेपालीभूमि संविधानमा समेटिएको छ । संसद बैठक आइतबार विहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal