आज :

संविधान संशोधनको लागि मतदान सुरु, सरिता गिरी बाहिरिइन्

काठमाडौँ । संविधान संशोधनको लागि संसदमा मतदान सुरु भएको छ । नयाँ नक्सासहितको निशान छाप बनाउन संविधान संशोधनको लागि मतदान हुन लागेको हो ।

यसअघि संविधान संशोधनको लागि भएको दफाबार छलफलमा सांसदहरु सहभागी भएका थिए । उनीहरु सबैले संशोधनको पक्षमा बोलेका थिए । अहिले हुन्छ भन्ने, हुन्न भन्ने र तटस्थ बस्ने सांसहरुको लागि मतादन गर्न सभामुखले अनुमति दिएका छन् ।

सबै दलका सांसदहरुले संविधान संशोधनका पक्षमा मतादन गरेपनि समाजवादी पार्टीकी सांसद सरिता गिरीले भने विपक्षमा मतादन गर्न लागेको बताइएको छ ।

पार्टीले लगाएको ह्वीपलाई अस्वीकार गर्ने बताउँदै आएकी गिरीले विपक्षमा मतदान गर्ने वा तटस्थ बस्ने भन्नेमा आफू निकटकाहरुसँग छलफल गरेकी थिइन् । उनले संविधनन संशोधनको पक्षमा मतदान गर्न नसक्ने बताएकी । मतदान सुरु हुनुपहिले नै संसद बैठकबाट गिरी बाहिरिए सकेकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal