आज :

पाँच वर्षीय बालकसहित थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या १८ पुग्यो

काठमाडौँ । नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । दुबैको मृत्युपछि कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
बाराको निजगढ–६ का ५ वर्षीय बालक र वीरगञ्जकै घण्टाघर क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको युवाको शव परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा बालकको शुक्रबार साँझ मृत्यु भएको थियो । अस्पतालमा दुई पटक आरडीटी परीक्षण गर्दा दुवै रिपोर्ट पोजेटिभ देखिएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि बालकको शुक्रबार राति पिसीआर परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।

निमोनिया कारण सिकिस्त बनेका बालकलाई परिवारले निजगढमा दुईवटा निजी क्लिनिकमा उपचारको लागि लगिएको थियो । निको हुने सम्भावना नभएपछि त्यहाँबाट टेम्पोमा राखेर निजगढकै सामुदायिक प्रसूति अस्पतालमा लगिएको थियो । त्यहाँ पनि उपचार नभएपछि एम्बुलेन्समा राखेर वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो । बिहान ११ बजे आकस्मिक कक्षमा भर्ना गरिएका बालकको उपचारको क्रममा मृत्यु भएको थियो ।

अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीका अनुसार बालकको शव नेपाली सेनालाई जिम्मा लगाइएको छ । अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ ।  बालकको मृत्यु कोरोना भएको पुष्टि भएसँगै निजगढ बजार बन्द गरेको नगर प्रमुख सुरेश कुमार खनालले बताए ।

यसैगरी वीरगञ्जकै घण्टाघर क्षेत्रमा बुधबार मृत भेटिएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी अस्पताल गण्डकीका संयोजक डा.उदयनारायण सिंहका अनुसार शुक्रबार साँझ मृतक भेटिएका युवकको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । अन्दाजी २५ वर्षीय युवक मृत भेटिएपछि नारायणी अस्पताले परीक्षण गरेको थियो । उनको ठेगाना खुल्न सकेको छैन ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । यद्पी सरकारले औपचारिक रुपमा घोषणा गरिसकेको छैन । आज दिउँसो नियमित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न सक्ने बताइएको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal