काठमाडौँ । उत्तर कोरिय र अमेरिकाबीच फेरि विवाद सुरु भएको छ । उत्तर कोरियाले दक्षिणलाई नजिकको शत्रु भन्दै संचार सम्पर्क विच्छेद गरेपछि अमेरिकाले दिएको प्रतिक्रियाको उत्तर कोरियाले कडा रुपमा प्रतिवाद गरेको छ ।
दक्षिण कोरियाले सीमा क्षेत्रमा बढाएको गतिविधिप्रति उत्तरले कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिएको छ । उत्तरबाट भागेर गएकाहरुलाई उचालेर सीमा क्षेत्रमा विरोध गर्न लगाएपछि दुई कोरियाबीच फेरि तनाव उत्पन्न भएको हो ।
कोरोनामुक्त रहेको उत्तर कोरियाले अमेरिकालाई कोरियाली मामिलामा मौन रहन चेतावनी दिएको छ । कोरिया मामलामा अमेरिकाले बोले उसको अगामी चुनाव नै बिथोलि दिने चेतावनी उत्तर कोरियाले दिएको छ । “अमेरिकाले यदी आफ्नो आगामी चुनाव सहज र शान्त रुपमा सम्पन्न गराउन चाहन्छ भने कोरियाली मामिलामा मौन रहनु नै उसको हितमा हुनेछ” उत्तर कोरियाले भनेको छ ।
दक्षिणसँगको संचार विच्छेदपछि अमेरिकी विदेश मन्त्रालयले निर्णयप्रति आपत्ति जनाउँदै विज्ञप्ति निकालेको थियो । अमेरिकाले विज्ञप्ति निकालेको केही समयपछि उत्तर कोरियाको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै अमेरिकालिे आन्तरिक मामलामा ध्यान दिइए बोलेमा खराब अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।
उत्तरको विदेश मन्त्रालय अन्तर्गत अमेरिकी मामिला सम्बन्धी महानिर्देशक कोन जोङ गुनले भने, “यदी अमेरिकाले अरुको आन्तरिक मामिलालाई ध्यान नदिइ लापरवाही हिसावले नाक राख्छ भने उसको राजनीतिक अवस्था सबभन्दा खराब रुपमा बिग्रन्छ । उसले सामना गर्न कठिन, अप्रिय चिजको सामना गर्नुपर्ने हुन्छ ।”
अमेरिकाले आफ्नो जिब्रो थाम्नुपर्ने र उसले आफ्नै आन्तरिक समस्या समाधान गर्नुपर्ने पनि उत्तरको प्रतिक्रिया छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उत्तर कोरियाको यो चेतावनीलाई अमेरिकाको जिब्रो थुत्ने भनेको अर्थको रुपमा लिएका छन् भने कतिपय संचारमाध्यमहरुले अमेरिकी राष्ट्रपति चुनानलाई नै बिथोलिदिनु चेतावनी दिएको भन्दै समाचार बनाएका छन् ।