आज :

पत्रकार कडेललाई धम्की दिएको र गौतमको नाम जोडेर गरिएको प्रचारप्रति महासंघको ध्यानाकर्षण

काठमाडौँ । नेपाल पत्रकार महासंघले अनलाइन डबलीका पत्रकार टंकप्रसाद कडेललाई धम्की दिने व्यापारी होमप्रसाद आचार्यलाई कारवाही गर्न माग गरेको छ । महासंघको केन्द्रीय कार्यालयले विहीबार विज्ञप्ति जारी गर्दै समाचारको विषयलाई लिएर धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा धम्की दिने कैलालीका घोडाघोडी नगरपालिकाका व्यापारी होमप्रसाद आचार्यले पत्रकार कडेललाई दिएको धम्कीको भत्सर्ना गरेका छन् । महासचिव विष्टले आचार्यलाई कानुनअनुसार कारवाही गर्न स्थानीय प्रशासनसँग माग समेत गरेका छन् ।

कडेलले घोडाघोडी नगरपालिकाका भएका अनियमितता र ब्यथितिबारे अनलाइन डबलीमा समाचार लेखेका थिए । “समाचारको विषयलाई लिएर कैलाली जिल्लामा कार्यरत पत्रकार टंकप्रसाद कडेललाई घाडाघोडी नगरपालिका –१ का स्थानीय व्यापारी होमप्रसाद आचार्यले फोनबाट धम्क्याएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ कैलाली शाखाका अनुसार घाडाघोडी नगरपालिकाको नीति तथा कार्यक्रमको विषयलाई लिएर प्रकाशन÷प्रसारण भएको दुई वटा समाचार शिर्षकलाई लिएर पत्रकार कडेललाई जेठ २७ राति फोन गरी निज व्यापारी आचार्यले समाचार किन लेखेको भनी अपशब्द प्रगोग गर्दै धम्क्याएका थिए । समाचारप्रति चित्त नबुझे या गुनासो रहे त्यसको कानुनी उपचार खोजिनुको साटोे यस किसिमले धम्क्याउनु प्रेस विरोधी काम हो । महासंघ पत्रकारलाई दिइएको धम्कीको भत्र्सना गर्दै धम्की दिनेलाई कानुनी कारबाही गर्न तथा पत्रकारको सुरक्षा र यस्ता घटना नियन्त्रणमा गम्भीर हुन स्थानीय प्रशासनसँग माग गर्दछ” विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी महासंघले विहीबारै नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष एवं सुर्खेतबाट प्रकाशित हुने कर्णालीपत्र दैनिकका प्रधानसम्पादक सूर्यमणि गौतमको नाम जोडेर विभिन्न अनलाइनमा समाचार प्रकाशित भएको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

महासचिव विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गौतमका अनुसार उहाँसम्बद्ध पत्रिकाको अनलाइन संस्करणमा ‘सभामुखको लागि नियमविपरीत गाडी खरिद’ सँग सम्बन्धित समाचारको विषयलाई लिएर कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीको निर्देशनमा व्यक्तिगत चरित्रहत्या हुने गरी समाचार प्रकाशित भएका छन् । जनप्रतिनिधिमूलक संस्थाको प्रमुखजस्तो पदमा बसेको पदाधिकारीबाट त्यस्तो हुनु विडम्बना हो । यसबाट आगामी दिनमा स्वतन्त्र रुपमा समाचार प्रकाशन÷प्रशारण गर्न पत्रकार र सञ्चार माध्यमलाई हतोत्साही गर्ने निश्चित छ । महासंघ प्रेस स्वतन्त्रता र पत्रकारिताका मूल्य, मान्यताप्रति प्रतिवद्ध हुन सम्बन्धित पक्षलाई सचेत गराउन चाहन्छ । गाडी खरिदको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको सञ्चार माध्यमबाट सार्वजनिक भइसकेको सन्दर्भमा यसको वास्तविकता आधिकारिक निकायबाटै परीक्षण हुनेमा महासंघ विश्वस्त छ ।”

सञ्चार माध्यममा प्रकाशित÷प्रसारित समाचारको विषयमा सम्बन्धित सञ्चार माध्यममै खण्डन हुने पत्रकारिताको विश्वव्यापी परम्परा र पत्रकार आचारसंहितालाई ख्याल नगरी अन्य सञ्चार माध्यममा समाचारको खण्डन हुनु दुःखद पक्ष भएको विष्टले बताएका छन् । यसले पत्रकारिताका आधारभूत सिद्धान्त र मर्यादालाई दूरगामी रुपमा असर पर्ने भन्दै सम्बन्धित सञ्चार माध्यमलाई यस्ता कार्य नगर्न र आफ्ना गल्ती सच्याउन महासंघले अपिल गरेको छ ।

त्यसैगरी महासंघ स्याङ्जा शाखाका सदस्य तथा नेपाल समाचारपत्र दैनिकमा कार्यरत पत्रकार भूपराज बस्यालाई गल्याङ्का स्वास्थ्य शाखा प्रमुखले गरेको आत्महत्याको विषयमा उहाँ आवद्ध पत्रिकामा प्रकाशित समाचारलाई लिएर स्थानीय प्रशासनले प्रहरीमार्फत जिल्ला प्रशासन कार्यालय उपस्थित गराई सोधपुछ गरेको घटनाप्रति पनि महासंघको ध्यानाकर्षण भएको छ । महासचिव विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकारलाई हतोत्साहित बनाउने गरी सोधपुछ गरिनु निन्दनीय काम हो । महासंघ प्रेस स्वतन्त्रताको सम्मान गर्न र निर्वाध रुपमा काम गर्ने वातावरण मिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal