आज :

सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्षको प्रशंसनीय कामः गाडी किन्ने बजेटबाट कोरोना अस्पताल निर्माण

कालिकोट । कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले गाडी खरिद गर्न छुट्याइएको रकमबाट कोरोना अस्पताल निर्माण निर्माण गर्न लागेका छन् । गाउँपालिकाले अध्यक्षको लागि गाडी खरिद गर्न छुट्याइएको रकम ‘कोरोना अस्पताल एण्ड आइसोलेसन सेन्टर’ निर्माणमा लगाएका हुन् । अस्पतालको निर्माणको काम करिबकरिब अन्तिम चरणमा पुगेको छ ।

“गाडी खरिदको लागि छुट्याइएको बजेटबाट कोरोना पीडितको उपचारको लागि अस्पताल तयार भइरहेको छ । कोरोना संक्रमित बिरामीलाई बाहिर उपचार गर्न पठाएर नयाँ गाडी चढ्नु उपयुक्त लागेन । अहिलेको आवश्यकता गाडीभन्दा कोरोनाले जुध्नु पहिलो प्राथमिकता भएकोले रकम त्यहाँ खर्च गरेका छौं” अध्यक्ष शाहीले बताए । गाडी खरिदको लागि ठेक्का गरिसकेर आशयपत्र समेत तयार भइसकेको थियो ।

गाडी किन्न अगाडि बढेका सबै प्रक्रिया रद्द गरेर रकमलाई कोरोना अस्पतालमा लगानी गरिएको अध्यक्ष शाहीले बताए । गाडी खरिदको लागि गाउँपालिकाले ४० लाख बजेट छुट्याएको थियो । त्यसमा केही बजेट थप गरेर ५५ लाखमा गाउँमै कोरोना संक्रमितको लागि सुविधा सम्पन्न अस्पताल निर्माण गर्न सुरु गरिएको थियो ।

बढीमा २० दिनको लक्ष्य राखेर अस्पताल निर्माण सुरु गरिएको तर लकडाउनका कारण निर्माण सामाग्रीको अभावले निर्माण कार्यमा केही ढिला हुन गएको अध्यक्ष शाहीले बताए । त्यस्तै लागत पनि बढेको अध्यक्ष शाहीले बताउँछन् ।

तत्कालि माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित शाही आफै निर्माणमा जुटिरहेका छन् । “सम्भावित जोखिमसँग जुध्न रातदिन काम गरिरहेका छौं, अस्पताल निर्माणमा जुटेको जनशक्तिले रातदिन काम गरिरहेको छ । हाम्रो पहिलो प्राथमिकता अस्पताल निर्माण हो” उनले भने । गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमण नभेटिएको भन्दै शाहीले चाँडो अस्पताल निर्माण गरेर उपचारको लागि बाहिर जानु पर्ने बाध्यता अन्त्य गर्ने बताए ।

अस्पतालको निर्माण सामाग्री जितेगडामाबाट लोड गर्दै अध्यक्ष शाही

चिनियाँ गतिमा रात दिन काम भइरहेको अस्पतालको बाहिर निर्माण अन्तिम चराणमा पुगेको छ । त्यसैगरी उपकरण खरिदको काम पनि भइरहेको शाहीले बताए । उपभोक्ता समिति बनाएर गाउँहरुले रातदिन काम गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal