आज :

आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन खुकुलो बनाउनेबारे निर्णय हुने

काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । जारी लकडाउनबारे छलफल गर्न बैठक बोलाइएको बालुवाटार स्रोतले बतायो ।

व्यापारीसँगै सर्वसाधारणले लकडाउनलाई उलंघन गर्ने चेतावनी दिइरहेको बेला सरकारले लकडाउनको आगामी रणनीतिका बारेमा छलफल गर्न लागेको हो । यसअघि जारी गरेको लकडाउन जेठ ३२ गतेसम्म रहने छ । त्यसपछि कस्तो मोडालिटीमा लकडाउन जारी गर्ने भन्नेमा सरकारले छलफल गरिरहेको छ ।

यसअघि प्रधानमन्त्री ओलीले विज्ञहरुसँग पटकपटक छलफल गरिसकेका छन् । खुकुलो बनाउनु पर्ने उनीहरुले सुझाव दिएका थिए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले ६ चरणमा गरी लकडाउनलाई खुकुलो बनाउँदै लिनुपर्ने कार्यविधि बनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal