काठमाडौं । कोरोना परीक्षणलाई प्रभावकारी बनाउनु पर्ने माग गर्दै सरोकारवालाहरुले प्रदर्शन गरे । सरकारले कोरोना परीक्षणमा लापर्वाही गरेको भन्दै सामाजिक अभियान्त र युवाहरुले मंगलबार विहानबाट प्रधानमन्त्री कार्यालय बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले आरडिटीले धोका दिएको भन्दै सरकारसँग पिसीआर विधिबाट परीक्षणको लागि माग गरेका थिए ।
कोरोना रोकथाम तथा नियन्त्रणमा असफल भइसकेको बताउँदै प्रदर्शनकारीले सरकारको कमजोर, लाचारी र लापर्वाहीले झन धेरै संख्यामा देशमा कोरोना संक्रमित बढिरहेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् ।
सामाजिक दुरी कायम गर्दै युवाहरुले बिहान १० बजे देखि १२ बजेसम्म विरोध प्रदर्शन गरेका थिए । उनीहरु आरडिटी खारेज गर्न र पिसीआर विधिबाट कोरोना परीक्षण गर्न माग गरेका थिए ।
प्रहरीले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि धरपडक र लाठी प्रहार गरेको थियो । प्रहरीले प्रदेशनलाई तितरबिता पार्न पानीको फोहोर समेत गरेको थियो । प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरि कैयन प्रदर्शनकारीहरुलाई घाइते बनाएको र १० जनालाई गिरफ्तार पनि गरिएको अर्की अभियन्ता सब्रिना डंगोलले जानकारी दिइन ।
प्रदर्शनकारीहरुले चाँडो भदा चाँडो पीसीआर टेस्टिङ बढाउनु पर्ने, आरडीटी अविलम्ब रोक्नु पर्ने, स्वास्थ्य क्षमता बृद्धी गर्ने, भेन्टिलेटरको संख्या बढाउनुपर्ने, स्वास्थ्यकर्मीको सुरक्षाको उचित व्यवस्था मिलाई पीपीई आवश्यक मात्रामा उपलव्ध गराउन माग समेत गरे ।
क्वारेन्टिको उचित व्यवस्थान गर्त उनीहरुको माग गरेका थिए । सरकारकै लापर्वाही गर्दा कोरोनाबाट मृत्यु भइरहेको बताए । सरकारको सरोकार गलैचा भएको भन्दै विरोध समेत जनाएका थिए ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          





