आज :

नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो, मंगलबार थपिए ३२३ जना

काठमाडौं । कोरोना भाइरसका कारण नेपालका संक्रमित हुनेको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेसँगै यो संख्या पुगेको हो । संक्रमितको कुल संख्या ४ हजार ८५ पुगेको छ ।

मंगलबारसम्म आउँदा ७२ जिल्लामा कोरोना पुगेको छ । मन्त्रालयका अनुसार पहिलो पटक आज इमालमा पनि कोरोना संक्रमण भएको छ ।
मन्त्रालयका अनुसार महात्तेरीमा ५०, धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १७, नवलपुरमा १५, सल्यान, नवलपरासी र सिराहामा १२–१२, बाग्लुङमा ११, कपिलवस्तु र दार्चुला १०–१०, बाँकेमा ९ जनामा संक्रमण भएको छ ।

त्यसैगरी डडेलधुरा र सप्तरीमा ७–७, दाङ ६, सुर्खेत ४, मोरङ ३ र जुम्ला र नुवाकोट २–२ जना, इलाम, सुनसरी, धादिङ, म्याग्दी र कैलालीमा एकएक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार आइसोलेसनमा ३,४८७ रहेका छन् । मंगलबारसम्म ५८५ जना निको भएर घर फर्किएका छन् । कोरोनाका कारण चितवनमा व्यक्तिसहित मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यसैगरी क्वारेन्टिनमा १ लाख ७० हजार ७३२ रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal