आज :

कोरोनाबाट नेपालमा फेरि अर्को व्यक्तिको ज्यान गयो, मृतकको संख्या १५ पुग्यो

काठमाडौँ । नेपालका कोरोना भाइरस संक्रमणका कारण फेरि एकजनाको ज्यान गएको छ । भरतपुर अस्पतालको आईसीयूमा उपचार गराइरेहका उनको मंगलबार विहानै मृत्यु भएको हो ।

नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय पुरुषको आज विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ । उनको शव उठाइएको छैन । शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्ने भन्नेमा छलफल भइरहेको छ ।

लक्षण देखिएपछि गरिएको परीक्षणपछि सोमबार मात्रै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । मुट र निमोनियाबाटको समस्याबाट उनी पीडित भएको बताइएको छ ।

गम्भीर अस्पतामा पुगेका बिरामी अनुमति बिनै अर्को अस्पताल सारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बिरामी सार्दा गरिएको लापर्वाेहीका कारण उनका उनको अवस्था थप गम्भीर भएको अस्पतालले जनाएको छ । योसँगै नेपालम कोरोनाका कारण ज्या‍न गुमाउनेको संख्या १५ पुगेपनि सरकारले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी नै छ ।

यसैबीच आज विहानै गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार नवलपुरका १२ जना, म्याग्दीका १ जना र बागलुङका ११ जनामा कोरोना पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुका संक्रमण पुष्टि भएको हो । याोसँगै गण्डकी प्रदेशमा कोरोना क्रमितको संख्या १ सय ४४ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal