आज :

सुर्खेतका झपेन्द्रले बन्चरो प्रहार गरी रुपन्देहीमा पाँच जनाको ज्यान लिए

काठमाडौं । सुर्खेतका एक व्यक्तिले रुपन्देहीमा पाँच जनाको ज्यान लिएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सोमबार राति ज्यान लिएका हुन् ।

प्रहरीको प्रारम्भीक अध्ययनअनुसार सुर्खेत घर भएका झपेन्द्र सिजापतिले फार्ममा कार्यरत ५ जनालाई बञ्चरो प्रहार गरेर ह,त्या गरेका हुन् । मृतकको विवरण सार्वजनिक गरिएको छैन ।

फर्ममा हत्याको भएका स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको छ । खबर पुग्ने बित्तिकै मंगलापुर प्रहरी चौकीबाट टोली फर्ममा पुगेको थियो ।

प्रहरीले घटनामा संलग्न भएको भन्दै एक जनालाई पक्राउ गरेको छ । प्रहरीले औपचारिक रुपमा पक्राउ परेका व्यक्तिको परिचय खुलाएको छैन । तर उनी बन्चरो प्रहार गर्ने सिजापति नै भएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal